• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण

संसद भवनमा कर्मचारीहरू आन्दोलनमा, प्रतिनिधिसभा बैठक प्रभावित



काठमाडौं । हातमा कालोपट्टी बाँधेर सङ्घीय संसद्का कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । केहीदिनयता विभिन्न मागसहित आन्दोलन गरिरहेका कर्मचारीहरूले लिखित सम्झौता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

कर्मचारीहरूको आन्दोलनका कारण बिहान ११ बजे बोलाइएको संसद बैठक प्रभावित भएको छ ।

आज बिहान बालुवाटारमा बसेको बैठकले संघीय संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको थियो ।समितिमा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य छन् ।

सरकारले कर्मचारीका लागि माग संशोधनका लागि सहजीकरण समिति बनाउँदैमा आन्दोलन नरोकिने बताउदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । यसअघि कर्मचारीले असार ७ गतेसम्म माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन थाल्ने घोषणा गरेका थिए ।

अतिरिक्त समयमा काम गरेको पारिश्रमिक, तलब भत्ता, आवास भत्ता, शैक्षिक भत्ता वृद्धि लगायतका ११ बुँदे माग राख्दै संसद् सचिवालयका कर्मचारीहरू जेठ ३० गतेदेखि आन्दोलनमा छन् ।