१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याट कमिन्सले रचे इतिहास



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका फास्ट बलर प्याट कमिन्सले टी–२० विश्वकपमा नयाँ इतिहास रचेका छन् । उनी लगातार दुई खेलमा दुई पटक ह्याट्रिक गर्ने विश्वकै पहिलो बलर बनेका छन् ।

कमिन्सले जारी टी–२० विश्वकप २०२४ को सुपर ८ खेलमा अफगानिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए । यसअघि उनले यो उपलब्धि बंगलादेशविरुद्ध लिएका थिए ।

प्याट कमिन्सले १८ औं ओभरको छैटौं बलमा अफगानिस्तानका कप्तान राशिद खानलाई आउट गर्दै पहिलो सफलता दिलाए । २० औं ओभरको पहिलो बलमा करिम जनात (१३) आउट भए । त्यसपछिको बलमा गुलबदिन नाइब (०) लाई ग्लेन म्याक्सवेलले क्याच आउट गरेपछि कमिन्सले ह्याट्रिक पूरा गरे ।

उनले चार बलमा चार विकेट लिन सक्ने अवस्था थियो तर अर्को बलमा डेभिड वार्नरले क्याच छोडे ।