२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-माधव समूहले संसदीय दलको नेताबाट राईलाई हटायो



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ ।  प्रचण्ड-माधव समूहले प्रदेश १ का संसदीय दलको नेता शेरधन राईलाई हटाएर आचार्यलाई चयन गरेको हो । 

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव समूहले आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएको हो ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।