४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

पुनर्भरण पोखरी बनाउने ‘अक्किल’

पुनर्भरण पोखरी बनाउने ‘अक्किल’
अ+ अ-

ताेया गाैतम र लाक्पा शेर्पा

पहिले पर्याप्त पानी भएको क्षेत्रका रूपमा रहेको दक्षिण एसियामा पानीको अभाव दिनप्रतिदिन बढ्दै गइरहेको छ । स्वच्छ पानीको विशाल स्रोतका रूपमा रहेको हिमालमा हिउँ पग्लने क्रम बढेर कुनै बेलाका सुन्दर श्वेत हिमश्रृङ्खलाहरू काला चट्टानहरूमा रूपान्तरित हुन थालेका छन् । कैँयौँ नदीहरू प्रदूषणले विरूप बनेका छन् । नदी, खोला–नाला, ताल–तलैया, पोखरी, आहाल, कुवा, धारा र पँधेराहरू सुक्दैछन् ।

पानीका यस्ता मुहानहरू सुक्ने क्रम त छँदैछ, अन्धाधुन्ध औद्योगिकीकरण, अव्यवस्थित बसोबास र कृषि क्षेत्रमा अत्यधिक विषादीको प्रयोगले हाम्रा खोलानालाको पानी जलचर समेत बाँच्न नसक्ने अवस्थामा परिणत भइरहेको छ । पानी – त्यो के पानी ?, जसमा जीवनदायिनी शक्ति नै छैन ।

पिउन र घरायसी प्रयोगमा ल्याउनका लागि मात्र नभई मानिसहरू बाँच्नका लागि नभइ नहुने अन्न उत्पादन गर्ने कृषि क्षेत्र समेत पानीको अभावले समस्याग्रस्त बन्दैछ । यसरी मानव लगायत समस्त प्राणीहरूको जीवनका लागि हरतरहले अनिवार्य प्राकृतिक स्रोतको रूपमा रहेको पानी सिद्धिँदै छ, रित्तिँदै छ, सुक्दैछ र यस क्रमले एउटा डरलाग्दो भविष्य निम्त्याइरहेको आभास हुन थालेको छ । 

ठीक यसैबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा जलवायु परिवर्तनले असर पारेको सवाल उठान गर्दै पानी जोगाउने नाममा प्रभावकारी कामहरू भन्दा बढी ठुल्ठूला गफहरू भइरहेका छन् । तर, नेपालका केही स्थानीय सरकारहरू भने आफैँ र आफुलाई सघाउने सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै गफभन्दा बढी काममा लाग्न थालेका छन् । तिनीहरू पानी जोगाउन र त्यत्तिकै खेरजाने आकाशे पानी समेत जमिनमा पुनर्भरण गर्दै अघि बढ्न योजनाहरू बनाइरहेका छन् । अनि, जो सकिन्छ सो काम सकारात्मक सोचका साथ अगाडि बढाइरहेका छन् । यसको एउटा उदाहरण हो, पाँचखाल नगरपालिका, जसले छोटकरीमा ‘ली–बर्ड’ भनिने पोखरामा केन्द्रीय कार्यालय रहेको ‘जैविक विविधता, अनुसन्धान तथा विकासका लागि पहल’ नामक संस्थासँग हातेमालो गर्दै सन् २०२० मा चारवटा पुनर्भरण पोखरी निर्माण गरेको छ । उसले निकट भविष्यमै जमिनमुनी पानी पठाउने १०८ वटा त्यस्ता पुनर्भरण पोखरीहरू बनाउने लक्ष्य लिएको छ, जसमा आकाशे पानीलाई त्यत्तिकै खेर जान नदिई पोखरीमा जम्मा गरिने छ । ती पोखरीहरूले आफ्नो पीँधमा प्राकृतिक रूपमा पानी रसाएर विस्तारै जमिनमुनि जाने प्रणाली अनुकूल हुनेगरी निर्माण गरिएका कारण जमिनमा पानी पुनर्भरण गर्नेछन् । 

हेर्दा एकदमै सामान्य मानिसको रूपमा देखिने पाँचखाल नगरपालिका वडा नं. १ का वडाअध्यक्ष अष्टबहादुर तामाङ सो नगरपालिकाको ‘वन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन समिति’का संयोजक पनि हुन् । उनका अनुसार अघिल्लो वर्ष ‘ली–बर्ड’बाट नगरपालिकामा आएका विज्ञहरूसँग छलफल भयो । पानीका मुहानहरू सुक्दै गएकाले कृषि नै मुख्य आधारको रूपमा रहेको पाँचखालमा सिँचाइका लागि समस्या हुन थालेको कुरा उठ्यो । सो छलफलमा उनी पनि सहभागी थिए । ‘ली–बर्ड’का मान्छेहरूले “जमिनमा पानी नभरेपछि कहाँबाट पानी आउँछ ?” भनेर गरेको प्रश्नले अष्टबहादुरको दिल छोयो । उनले आपूmहरूले निर्माण गरेका सडकहरू सम्झे, जसमा सकेसम्म पक्की नाला बनाएर आकाशबाट परेको पानी समेत टाढा लगी खोलामा पुर्याएर तर्काइएको छ । उनलाई सिँचाइका लागि बनाउने गरिएका प्लास्टिक बिच्छ्याइएका पोखरीहरू पनि ठीक लागेनन् किनभने ती पोखरीले जमिनमुनि पानी रसाउन दिँदैनन् । उनले सयौँ वर्षअगाडि पुर्खाहरूले पाँचखाल क्षेत्रमा बनाएका छेताने पोखरी, मौले पोखरी, भैँसे खोलाको पोखरी, घुमाउने चौरको पोखरी, माने पोखरीजस्ता थुप्रै पोखरीहरू सम्झे – तिनमा डाँडा–पाखामा परेको आकाशे पानी पनि आएर जम्मा हुने गथ्र्यो । तिनको फेदमा न प्लास्टिक ओछ्याइएको हुन्थ्यो, न कंक्रिट ढलान गरिन्थ्यो । तब न जमिनमा पानी रसाउने गथ्र्यो । पानीका मूलहरू सुक्न नदिन तिनले योगदान गरिरहेका हुन्थे । 

अष्टबहादुर भन्छन्, “पुर्खाहरूसँग त अक्किल रहेछ । हामीले पो ती पोखरीको संरक्षण गरेनौँ र पुरिँदै गए । हाम्रो बुद्धि त एउटा विकास गर्ने नाममा अर्को विकासलाई ध्वस्त पार्ने खालको पो भएछ ।” अरू सहभागीले के ठाने कुन्नि, अष्टबहादुरलाई चाहिँ सो छलफलबाट ‘आफुहरूले पनि अब त्यस्ता पोखरीहरू नबनाई हुन्न’ भन्ने लाग्यो । ‘ली–बर्ड’का विज्ञहरूले अध्ययन गरेर पाँचखाल क्षेत्रका ४२ वटा ठाउँमा यस्ता साना–ठूला गरी थुप्रै पुनर्भरण पोखरीहरू बनाउन सकिने प्रतिवेदन दियो । सोही संस्थाको सहयोगमा वडा नं. १, ८, १० र ११ मा नमुनाको रूपमा एक–एकवटा गरी चारवटा पोखरीहरू पनि बनिहाले । 

छलफलमा उपयुक्त ठाउँ चयन गर्न सके थोरै बजेटबाटै यस्ता पोखरीहरू बनाउन सकिने कुरा पनि आयो । उनी थप्छन्, “कतिपय ठाउँमा त ठूलो बजेटै चाहिन्न । करिब–करिब २० हजार रुपैयाँ मात्र खर्च गरेर पनि एउटा पोखरी बनाउन सकिन्छ ।” यस तथ्यबाट अभिप्रेरित भएर आर्थिक वर्ष २०७७।०७८ मा नगरपालिकाले प्रत्येक पोखरीका लागि २०–२० हजार रुपैयाँ खर्च गर्नेगरी एकैवर्षमा यस्ता ३९ वटा पोखरी निर्माण गर्ने योजना बनाइहाल्यो । यस योजनाअन्तर्गत अष्टबहादुरको वडामा पनि यस्ता तीनवटा पोखरी निर्माण हुने भएका छन् । 
पाँचखाल, वडा नं. १ को अनेकोटका ७२ वर्षीय सुकमान तामाङ पहिले–पहिलेका कुरा सम्झाउँछन् । उनी भन्छन्, “पहिले त पुर्खाहरूले बनाएका पोखरीहरू प्रत्येक वर्ष गाउँका सबै मानिस भेला भएर सफा गर्ने चलन थियो । पछि त त्यस्तो चलन हराइहाल्यो, अनि पोखरी त माटोले पुरिँदै–पुरिँदै गएर चौर पो बन्यो ।” अहिले आप्mनो वडामा यस्ता पोखरीहरू बनाउने क्रम सुरु भएकाले सुकमानलाई निकै खुशी लागेको छ । उनको सुझाव छ, “यस्ता पोखरी बनाउँदा केटाकेटी नडुबुन् भनेर बारबन्देज चाहिँ गनुपर्छ । पानी खान जाँदा पशुवस्तुको खुरले पोखरीको डिल नभत्काओस् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । पोखरी बनाएर मात्र हुँदैन, पोखरीको छेउछाउमा चिलाउने, लाँकुरी, उत्तीसजस्ता रुखबिरुवा पनि लगाउन पर्छ तर सल्लो चाहिँ लगाउनु हुँदैन । त्यसले त पानी सोसेर सुख्खा बनाइदिन्छ ।” यसरी पुनर्भरण पोखरी बनाएपछि सुकमानलाई त्यस्ता पोखरीका कारण पानीका मूलहरू फेरि रसाउनेछन् भन्ने विश्वास छ । उनी विशेष जोड दिएर भन्छन्, “यस्ता पोखरी त दुई–चार ठाउँमा मात्र हैन, प्रत्येक टोलहरूमा हुनुपर्छ ।”

‘ली–बर्ड’को सहयोगमा पाँचखाल नगरपालिकाले नमुनाको रूपमा बनाएको वडा नं. १ को दाहाल टोलको पुनर्भरण पोखरी देखाउँदै सो वडाकी वडा सदस्य गंगामाया दाहाल भन्छिन्, “यी हेर्नुस् न, यो पुस महिनासम्म पनि यस पोखरीमा अझै पानी सुकेको छैन ।” करिब तीनहजार वर्गमिटर जतिको सो पोखरीको सतहमा अझै दुई–अढाई फिट जति गहिराइ पानीले ढाकेको थियो । त्यस पोखरीबाट वरपरका बासिन्दाले पाइपबाट पानी लाने गरेको पनि पाइयो । गंगामाया भन्छिन्, “अब यहाँ पानी थाप्ने र नुहाइ–धुवाइ गर्ने धारा पनि बनाउनु पर्छ र धाराको पानी पनि पोखरीमै जाने व्यवस्था मिलाउनु पर्छ ।” उनका अनुसार यही पोखरीबाट सिँचाइ गर्न सकिन्छ भन्ने आशाले स्थानीय बासिन्दाहरूले गत वर्षभन्दा यस वर्ष आलु खेती र अन्य तरकारी बाली समेत विस्तार गरेका छन् । 

गंगामायाले कुराको बीट मारिन्, “यदि ठीक ठाउँमा ठीक ढङ्गले यस्ता पोखरीहरू बनाउने हो भने त धेरै नै फाइदा हुने रहेछ ।”

                                                          *****