९ असार २०८३, मंगलवार
,
Latest
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर गाँजाको बोट फाँड्न मनोहरा खोलामा छिरे…



अ+ अ-

काठमाण्डौ । शुक्रबार विहानै प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) शिवराज बुढाथोकी र प्रहरी वृत्त कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक दलकुमार राई हातमा हँसिया लिएर मनोहरा खोला किनारमा उम्रिएको गाँजाको बोट काट्न निस्केपछि वटुवाहरु छक्क पर्दै उनीहरुलाई हेरिरहे ।

वास्तवमा पेस्तोल बोक्ने हातमा हँसिया देखेर वटुवाहरु छक्क परेका थिए ।

‘समुदाय—प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, सामुदायिक प्रहरी सेवा कोटेश्वर र कोटदेवी विद्यानगर समाज सुधार समितिको संयुक्त पहलमा खोला किनारको गाँजाको बोट फँडानी गरिएको थियो ।

गाँजा फँडानी गर्न नयाँबानेश्वर वृत्तका प्रमुख, डिएसपि बुढाथोकीले नेतृत्व गरेका थिए भने प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राईको साथमा कोटेश्वर र नरेफाँट चौकीकासहित ठुलो संख्यामा प्रहरी साथै सामुदायिक प्रहरी, स्थानीय टोलवासी र सामुदायिक सेवा तथा विकास समाजका अध्यक्ष रविन्द्र थापा लगायतका पदाधिकारीहरु पनि सहभागी भएका थिए ।

साथै कोटदेवी विद्यानगर समाज सुधार समितिका पदाधिकारीहरु, स्थानीय नरेफाँटका समाजसेवी, युवा तथा खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

करीव दुई घण्टाको अवधिमा मनोहरा खोला किनार उम्रिएका झण्डै एकहजार गाँजाका बोट नष्ट गरिएको नयाँ बानेश्वर वृत्तका प्रमुख, प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए । हरेक वर्षको वर्षायाममा आफैं उम्रिने गाँजाको बोट प्रहरी र समुदाय मिलेर नष्ट गर्दै आएका छन् ।

आफैं उम्रिएका गाँजाको बोट नष्ट गर्नुमात्र नभई आफ्नो क्षेत्रका युवाहरुलाई गाँजा लगायतका अन्य लागुऔषधको दुव्र्यसनबाट जोगाउन पनि सबैजना एकजुट हुन डिएसपि बुढाथोकीले आग्रह गरे ।

प्रहरी प्रभाग कोटेश्वर अन्तर्गत पर्ने मनोहरा खोला किनारमा उम्रिएको गाँजाको बोट नष्ट गर्ने काम शुक्रबारदेखि शुरु भएको र यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिईने प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक दलकुमार राईले बताए ।