२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलियाले दीपिकालाई पछि पारिन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई पछि पार्दै अर्की अभिनेत्री आलिया भट्टले सन् २०२३ मा १०१.१ मिलियन डलरको ब्रान्ड मूल्य हासिल गरिन् ।

यो खुलासा वित्तीय तथा जोखिम सल्लाहकार फर्म क्रोलको प्रतिवेदनमा गरिएको हो । यस रिपोर्टमा भारतका धेरै सेलिब्रेटीहरूको उल्लेख गरिएको छ ।

सोही रिपोर्टमा आलिया भट्ट बाहेक दीपिका पादुकोण र कियारा आडवाणी यस सूचीमा आफ्नो स्थान बनाएका तीन सेलिब्रेटी रहेको खुलासा भएको छ । तर, यो सूची अनुसार आलियाले दीपिका पादुकोणलाई पछि पार्दै सन् २०२३ मा शीर्ष स्थान हासिल गरिन् ।

फाइनान्सियल एण्ड रिस्क एडभाइजरी फर्म क्रोलको ‘सेलिब्रेटी ब्रान्ड भ्याल्यु रिपोर्ट २०२३’ को रिपोर्ट अनुसार बलिउडको लिस्टको कुरा गर्ने हो भने १०१.१ मिलियन डलरको ब्रान्ड भ्यालुका साथ आलिया भट्ट पहिलो स्थानमा छिन् । ९६ मिलियन डलरको ब्रान्ड भ्यालुसहित दोस्रो स्थानमा दीपिका पादुकोण छिन् ।

सन् २०२२ को तुलनामा यो वर्ष दुवैको वरियतामा गिरावट आएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । यस सूचीमा अचम्मको नाम हो, कियारा आडवाणी, जसले उनको लोकप्रियता देखाउँछ । सन् २०२२ मा १६ औं स्थानमा रहेकी कियारा यस पटक ६ करोड डलरको ब्रान्ड भ्यालुका साथ १२ औं स्थानमा पुगेकी छिन् ।

दीपिका पादुकोण चाँडै तेलुगु फिल्म कल्की २८९८ मा देखिने छिन् । यो फिल्म २७ जुन २०२४ मा सिनेमाघरमा रिलिज हुँदैछ । यसबाहेक उनी रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’मा पनि देखिनेछिन् ।

आलिया भट्ट सन् २०२५ मा जसप्रीत रीनाको फिल्म ‘मधुबाला’मा देखिने भएकी छिन् भने उनी सलमान खानसँग सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’मा पनि देखिनेछिन् । यस्तै, कियारा आडवाणीको कुरा गर्दा, उनी तेलुगु फिल्म ‘गेम चेन्जर’मा अभिनय गर्ने देखिनेछिन् जुन अक्टोबर ३ मा सिनेमाघरहरूमा रिलिज हुनेछ ।