२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलियाले दीपिकालाई पछि पारिन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई पछि पार्दै अर्की अभिनेत्री आलिया भट्टले सन् २०२३ मा १०१.१ मिलियन डलरको ब्रान्ड मूल्य हासिल गरिन् ।

यो खुलासा वित्तीय तथा जोखिम सल्लाहकार फर्म क्रोलको प्रतिवेदनमा गरिएको हो । यस रिपोर्टमा भारतका धेरै सेलिब्रेटीहरूको उल्लेख गरिएको छ ।

सोही रिपोर्टमा आलिया भट्ट बाहेक दीपिका पादुकोण र कियारा आडवाणी यस सूचीमा आफ्नो स्थान बनाएका तीन सेलिब्रेटी रहेको खुलासा भएको छ । तर, यो सूची अनुसार आलियाले दीपिका पादुकोणलाई पछि पार्दै सन् २०२३ मा शीर्ष स्थान हासिल गरिन् ।

फाइनान्सियल एण्ड रिस्क एडभाइजरी फर्म क्रोलको ‘सेलिब्रेटी ब्रान्ड भ्याल्यु रिपोर्ट २०२३’ को रिपोर्ट अनुसार बलिउडको लिस्टको कुरा गर्ने हो भने १०१.१ मिलियन डलरको ब्रान्ड भ्यालुका साथ आलिया भट्ट पहिलो स्थानमा छिन् । ९६ मिलियन डलरको ब्रान्ड भ्यालुसहित दोस्रो स्थानमा दीपिका पादुकोण छिन् ।

सन् २०२२ को तुलनामा यो वर्ष दुवैको वरियतामा गिरावट आएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । यस सूचीमा अचम्मको नाम हो, कियारा आडवाणी, जसले उनको लोकप्रियता देखाउँछ । सन् २०२२ मा १६ औं स्थानमा रहेकी कियारा यस पटक ६ करोड डलरको ब्रान्ड भ्यालुका साथ १२ औं स्थानमा पुगेकी छिन् ।

दीपिका पादुकोण चाँडै तेलुगु फिल्म कल्की २८९८ मा देखिने छिन् । यो फिल्म २७ जुन २०२४ मा सिनेमाघरमा रिलिज हुँदैछ । यसबाहेक उनी रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’मा पनि देखिनेछिन् ।

आलिया भट्ट सन् २०२५ मा जसप्रीत रीनाको फिल्म ‘मधुबाला’मा देखिने भएकी छिन् भने उनी सलमान खानसँग सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’मा पनि देखिनेछिन् । यस्तै, कियारा आडवाणीको कुरा गर्दा, उनी तेलुगु फिल्म ‘गेम चेन्जर’मा अभिनय गर्ने देखिनेछिन् जुन अक्टोबर ३ मा सिनेमाघरहरूमा रिलिज हुनेछ ।