१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

सिमेन्ट उद्योगलाई उद्योगस्थलकै तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापनका लागि ६ महिना म्याद थप गर्न निर्देशन

सिमेन्ट उद्योगलाई उद्योगस्थलकै तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापनका लागि ६ महिना म्याद थप गर्न निर्देशन
अ अ+ अ-

काठमाडौँ । सिमेन्ट उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्नेगरी ६ महिनाको अवधि थप गर्न सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सिमेन्ट उत्पादक संघले दिएको निवेदनका विषयमा छलफल गर्दा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को अंगमा खनिज पदार्थ भण्डारण गर्ने स्थलमा खनिज कार्यको परिणामको नाप गर्ने यथोचित यन्त्रहरु राख्नुपर्ने व्यवस्था रहेको बताउनु भयो । उहाँले उक्त व्यवस्थाबाट स्वदेशी सिमेन्ट उद्योगहरुलाई नियमित एंव सुचारु रुपले सञ्चालन गर्न नसक्ने गरी जारी भएको सूचनाबाट उद्योगहरु बन्द हुने अवस्थामा रहेकोतर्फ समितिको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले हाललाई उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्नेगरी ६ महिनाको अवधि थप गर्न सरकारलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘ सिमेन्ट उत्पादक संघले दिएको निवेदनका विषयमा छलफल गर्दा खानी तथा खनिज पदार्थ नियमावली २०५६ को नियम १९ को अंगमा खनिज पदार्थ भण्डारण गर्ने स्थलमा खनिज कार्यको परिणामको नाप गर्ने यथोचित यन्त्रहरु राख्नुपर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाबाट स्वदेशी सिमेन्ट उद्योगहरुलाई नियमित एंव सुचारु रुपले सञ्चालन गर्न नसक्ने गरी जारी भएको सूचनाबाट उद्योगहरु बन्द हुने अवस्थामा रहेकोतर्फ समितिको गम्भिर ध्यानाकर्षण भएको छ । हाललाई उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्नेगरी ६ महिनाको अवधि थप गर्न र खानी तथा खनिज पदार्थ नियमावली २०५६ लाई यथासिघ्र संशोधन गरी खानी तथा खनिज पदार्थको उत्खन्नका सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन गर्ने ।’

उहाँले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ लाई यथासिघ्र संशोधन गरी खानी तथा खनिज पदार्थको उत्खननका सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो ।