२ जेष्ठ २०८२, शुक्रबार
,
Latest
जलवायु कार्यमा हातेमालो गर्न विलम्व नगरौँः मन्त्री ठकुरी धुलोरहित सडक निर्माण कार्यको अनुगमन : उपप्रमुखबाट प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल जलवायु नेतृत्वमा नेपाल दृढ छः वनमन्त्री ठकुरी जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित पूर्वसैनिकले गरे आफ्नै छोरी र भतिजोको हत्या जलवायु परिवर्तन अब सुदूरको खतरा रहेनः प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिबाट संघीय निजामती विधेयक पारित रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट कुमार र तिलप्रसादको इजलासमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमेन्ट उद्योगलाई उद्योगस्थलकै तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापनका लागि ६ महिना म्याद थप गर्न निर्देशन



अ+ अ-

काठमाडौँ । सिमेन्ट उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्नेगरी ६ महिनाको अवधि थप गर्न सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सिमेन्ट उत्पादक संघले दिएको निवेदनका विषयमा छलफल गर्दा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को अंगमा खनिज पदार्थ भण्डारण गर्ने स्थलमा खनिज कार्यको परिणामको नाप गर्ने यथोचित यन्त्रहरु राख्नुपर्ने व्यवस्था रहेको बताउनु भयो । उहाँले उक्त व्यवस्थाबाट स्वदेशी सिमेन्ट उद्योगहरुलाई नियमित एंव सुचारु रुपले सञ्चालन गर्न नसक्ने गरी जारी भएको सूचनाबाट उद्योगहरु बन्द हुने अवस्थामा रहेकोतर्फ समितिको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले हाललाई उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्नेगरी ६ महिनाको अवधि थप गर्न सरकारलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘ सिमेन्ट उत्पादक संघले दिएको निवेदनका विषयमा छलफल गर्दा खानी तथा खनिज पदार्थ नियमावली २०५६ को नियम १९ को अंगमा खनिज पदार्थ भण्डारण गर्ने स्थलमा खनिज कार्यको परिणामको नाप गर्ने यथोचित यन्त्रहरु राख्नुपर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाबाट स्वदेशी सिमेन्ट उद्योगहरुलाई नियमित एंव सुचारु रुपले सञ्चालन गर्न नसक्ने गरी जारी भएको सूचनाबाट उद्योगहरु बन्द हुने अवस्थामा रहेकोतर्फ समितिको गम्भिर ध्यानाकर्षण भएको छ । हाललाई उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्नेगरी ६ महिनाको अवधि थप गर्न र खानी तथा खनिज पदार्थ नियमावली २०५६ लाई यथासिघ्र संशोधन गरी खानी तथा खनिज पदार्थको उत्खन्नका सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन गर्ने ।’

उहाँले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ लाई यथासिघ्र संशोधन गरी खानी तथा खनिज पदार्थको उत्खननका सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो ।