१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका

वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका
अ अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ । सो क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने चन्द्रागिरि सम्भवत: पहिलो नगरपालिका भएको बताइएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआइडी०को आर्थिक एवं प्राविधिक सहयोगमा फेम्ली हेल्थ इन्टरनेशनल ३६० ९एफएचआइ० का साझेदारीमा चन्द्रागिरि नगरपालिकाले स्वच्छ हावा परियोजना कार्यान्वन गरिराखेको छ ।  चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नेपाल भ्रमणमा रहनुभएका ‘एफएचआइ ३६०’ का प्रमुख वित्त अधिकृत रसिका पद्मापेरुमासँग आज नगरपालिकामा भएको द्विपक्षी भेटवार्तामा नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएको जानकारी दिनुभयो ।

उहाँले स्वच्छ हावा प्रवर्द्धन, वातावरण व्यवस्थापन तथा वायु प्रदूषण न्यूनीकरण नगरपालिकाले लिएको नीति तथा कार्यक्रम एवं गतिविधिका बारेमा जानकारी दिनुहुँदै जलवायु अनुकूलन नीतिलाई प्राथमिकता दिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले स्वच्छ हावामार्फत नगरवासीको जीवन सुधारका लागि शिक्षा, स्वास्थ्य तथा वातावरण व्यवस्थापन नगरपालिकाबाट भइराखेका प्रयासका बारेमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वायू प्रदूषण रोकथाम र न्यूनीकरण लागि प्रमाणका आधारित नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन भइरहेको छ । वायु प्रदूषणको समस्या समाधान तथा स्वच्छ हावा प्रवद्र्धनमा नगरवासी चेतना विस्तारै वृद्धि हुँदै गएको छ । जलवायु परिवर्तनका असरबाट आर्थिक एवं सामाजिक जीवनमा पार्ने असर कम गर्न हाम्रा नीति तथा कार्यक्रम केन्द्रित छन् ।”

सो अवसरमा ‘एफएचआई ३६०’ प्रमुख वित्त अधिकृत पद्मापेरुमाले चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएकामा बधाई दिनुहुँदै यसले जलवायु परिवर्तनले आर्थिक एवं सामाजिक क्षेत्रमा पार्ने असरलाई घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न स्वच्छ हावा परियोजनाले सहयोग पुगेको मैले विश्वास लिएको छु  । जलवायु परिवर्तनले विशेष गरी आर्थिक एवं सामाजिक जीवनमा पर्ने असर र क्षतिलाई घटाउँदै जानुपर्छ ।” वित्त अधिकृत पद्मापेरुमाले वायू प्रदूषण घटाइ स्वच्छ हावा प्रवर्द्धन गर्न चन्द्रागिरि पालिकाले गरेका काम अन्य देशका लागि सिकाइ हुनसक्छ भन्नुभयो ।

सो अवसरमा उहाँले चन्द्रागिरि नगरपालिकाद्वारा थानकोटमा सञ्चालित नि:शुल्क सवारी प्रदूषण  जाँचको अवलोकनसमेत गर्नुभएको थियो । युएसआइडीका स्वच्छ हावा परियोजनाका प्रमुख भूषण तुलाधरले काठमाडाँै उपत्यकाको वायुको गुणस्तर सुधारका लागि चन्द्रागिरि नगरपालिकाले निर्वाह गर्दै आएको विभिन्न कामको उच्च प्रशंसा गर्नुभयो ।  बैठकमा नगरप्रवक्ता एवं चन्द्रागिरि–४ का वडाध्यक्ष कृष्ण्प्रसाद खड्गी, चन्द्रागिरि–६ का वडाध्यक्ष एवं वातावरण तथा विपद् समितिका संयोजक सञ्जय सिग्देल, ‘एफएचआई ३६०’ नेपाल प्रमुख भगवान् श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ:  सवारी प्रदूषण  जाँच तीव्र

चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने नीति लिएको छ । यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिता दिँदै आएको छ ।  वायु प्रदूषणको प्रमुख कारक तत्वमा सवारीसाधनबाट निस्कने धुवाँलाई लिइन्छ ।

यस्ता परीक्षणमा ‘फेल’ भएका सवारीसाधनलाई नगरक्षेत्रमा प्रयोग गर्न नदिनेसम्मको सोच नगरपालिकाले बनाएको छ । युएसआइडीका स्वच्छ हावा परियोजनाका प्रमुख भूषण तुलाधरले भन्नुभयो,“नगरपालिकाको यस्तो नीतिले काठमाडौ उपत्यकाको वायुको गुणस्तर व्यवस्थापनमा कोशेढुङ्गाको काम गर्छ । ”

साथै सवारी परीक्षण कार्यालय, ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा नगरपालिकाले पेट्रोल, ग्यास र डिजेलबाट चल्ने सवारीसाधनमा ‘हरियो स्टिकर’ अनुगमनलाई तीव्रता नीति समेत लिएकोे छ । विश्वस्वास्थ्य सङ्गठनले वायु प्रदूषणलाई विश्वकै प्रमुख वातावरणीय जोखिमका रूपमा लिएको छ । स्टेट अफ ग्लोबल एयर २०२० ले सन् २०१९ मा नेपालमा वायू प्रदूषणका कारण ४२ हजार एक सय जनाको अकालमा मृत्यु भएको जनाएको थियो । तीमध्ये काठमाडौँमा मात्र पाँच हजार ८० जना रहेका थिए । कचौरा आकारको काठमाडाँै उपत्यकाको द्रुत सहरीकरणले गर्दा वायु प्रदूषणको उच्च जोखिममा रहेको जनाइएको छ । रासस