१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

क्रसर व्यवसायीहरुको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघको ऐक्यवद्धता

क्रसर व्यवसायीहरुको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघको ऐक्यवद्धता
अ अ+ अ-

काठमाडौँ । क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघले ऐक्यवद्धता जनाएको छ ।

शुक्रवार माईतीघरमा पुगेर महासंघका महासचिव रोसन दाहालले क्रसर उद्योगीहरुको आन्दोलनमा महासंघको तर्फबाट उैक्यवद्धता जनाउनुभएको हो । उहाँले क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी पर्ने भन्दै सरकारले अविलम्व उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिने बताउनु भयो । उहाँले काम गरेर खानका लागि लाइसेन्स दिने तर पछि नयाँ ऐन,कानून बनाएर हतोत्साही बनाउने काम भएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी हो । क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिन्छन् । आर्थिक वर्षको अन्तिम महिना भएकाले केही समय पर्खिनुस् भनेका थियौँ । तर त्यस्तै अवस्था आज भेटेका छौँ । महासंघले ऐक्यवद्धता रहेको छ । यहाँहरुको आन्दोलन पूर्णतया सफल होस् । काम गरेर खा भनर लाइसेन्स बाँड्ने अनि लाइसेन्स बाँडेपछि अर्कै नियम, ऐन बनाउने र त्यसले पेशा व्यवसायीहरुलाई निरुत्साहित बनाउने काम गरिरहेको छ ।’

क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुले गत असार १ गतेदेखि काठमाडौं लक्षित आन्दोलन गर्दै आएका छन् ।