२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 1.54

Humidity: 47

Latest
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण: अर्थमन्त्री पौडेल बल्खुमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता- तस्बिरहरु मन्त्रीपरिषद्बाट वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित घरजग्गा कारोबार किन शिथिल ? तीनकुने घटनामा संलग्न थप ६ जना पक्राऊ इजिप्ट, फ्रान्स र जोर्डनद्वारा गाजामा तत्काल युद्धविराम गर्न माग सांकेतिकताको कुटनीति: सन्तुलन कि अलमल ? धुम्मियो काठमाडौं, तीन दिन पानी पर्ने सम्भावना, प्रदूषणबाट मिल्ला त राहत ? काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस महाधिवेशन: विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ ।

सो कमिटीलाई महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोकिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।

पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा गठित १६ सदस्यीय कमिटीलाई पूर्णता दिइएको छ । कमिटीको सहसंयोजकमा जयन्ती राई, सचिवमा कृष्णराज पन्त हुनुहुन्छ ।

कमिटीको सदस्यमा जगनाथ खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, विरोध खतिवडा, भानुभक्त जोशी, अमरबहादुर थापा, उदयबहादुर बोहोरा, राजेन्द्रलक्ष्मी गैरे, शर्मिला पौडेल, विनोद मैनाली, वसन्त बस्नेत, हरिप्रसाद शर्मा र सविता अर्याल हुनुहुन्छ ।

यही असार १६ देखि २० गतेसम्म नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको भावी नीति तथा कार्यक्रम घोषणाका साथै नयाँ नेतृत्व चयन गर्नेछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बाट छुट्टिएको पार्टीले आसन्न महाधिवेशनलाई १०औँ राष्ट्रिय महाधिवेशन भनेको छ । आफूलाई २००६ सालमा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको उत्तराधिकारी मानेको एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौवटा महाधिवेशनको स्वामित्व लिँदै आगामी महाधिवेशनलाई १०औँ मानेको तर्क गरेको छ ।