१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पटक सत्ता यात्रा, नयाँ नेतृत्वका लागि महाधिवेशनको तयारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको दुई वर्ष पार गरेको छ । दुई वर्ष अघि अर्थात् २०७९ असार ७ गते रवि लामिछानेको नेतृत्वमा रास्वपा घोषणा गरेको हो ।

रास्वपा स्थापनाको ६ महिनामै भएको संघीय संसद्को चुनावमा उल्लेख्य सफलता हात पारेको थियो । संसद्को चौथो ठूलो दलका रुपमा अनपेक्षित रुपमा उदाएको रास्वपाको स्पष्ट राजनीतिक नीति भने छैन । रास्वपाको संगठन पनि मजबुद छैन । तर जनतामा पार्टीप्रतिको विश्वास भने कायमै छ ।

पार्टी घोषणा भएको दुई वर्षमा दुई पटक नै सत्तामा पुगेका रास्वपाले पार्टीभित्र प्रजातान्त्रिक अभ्यास गर्न सकेको छैन । तदर्थ समितिबाट पार्टी सञ्चालित छ । महाधिवेशन गर्ने र नयाँ नेतृत्व चयन गर्नेबारे पार्टीमा अहिलेसम्म छलफल भएको छैन ।

दुई वर्षसम्म रास्वपाका कुनै पनि पार्टी संरचनाले पूर्णता पाएका छैनन् । १२१ सदस्यीय केन्द्रीय समितिमा अहिले ६५ जनामात्र सदस्य छन् । २१ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा पनि १२ जना मात्रै छन् । कर्णाली प्रदेशका १० र गण्डकीका २ (मनाङ र मुस्ताङ) गरी १२ जिल्लामा रास्वपाका जिल्ला कमिटीहरु सम्म छैनन् ।

पार्टी सदस्यलाई संगठित गरेर अधिवेशनमार्फत् नेतृत्व विकास गर्न भने रास्वपा दुई वर्ष बित्दा पनि असफल नै रह्यो । पार्टी सभापति लामिछाने सत्ता र निजी विवादमा अल्झँदा प्रथम महाधिवेशन नै हुन सकेको छैन ।

गत मङ्सिरदेखि वडा अधिवेशन थालेको रास्वपाले सात महिना लगाएर करिब ३ सय वडा अधिवेशन मात्र सकेको छ ।