२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छ: उपराष्ट्रपति



file photo
अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवसले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । साथै योगको अनुकूलतामा समावेशीतालाई अक्षुण्ण राख्न तथा स्वस्थ एवं खुशियाली मानव जीवनमा योगदान पुग्ने उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले मानव जातिलाई आफ्नो स्वास्थ्यप्रति जागरुकता प्रदान गर्दै योगाभ्यासबाट लाभान्वित हुने अवसर प्रदान गर्न बताउनुभयो । उपराष्ट्रपति यादवले अन्तर्राष्ट्रिय योग दिवस शारीरिक अभ्यासलाई बढावा दिने उत्सव मात्र होइन कालजयी हाम्रा परम्परालाई स्मरण गर्ने महत्वपूर्ण दिन पनि हो भन्नुभयो । दिवसले योगाभ्यासको फाइदाबारे विश्वव्यापी जागरुकता बढाउँदै राम्रो स्वास्थ्यका लागि आदर्श जीवनशैली अपनाउनका लागि पनि प्रोत्साहित गर्ने उहाँको भनाइ छ ।

उपराष्ट्रपति यादवले योगबाट हुने फाइदाबारे सबैलाई दीक्षित गर्दै सिङ्गो मानव समुदायलाई योगाभ्यासप्रति थप प्रोत्साहित गर्नसके मात्र यो दिवसको सार्थकता, आवश्यकता र औचित्यताको पुष्टि हुनसक्ने धारणा राख्नुभयो ।

“अन्तर्राष्ट्रिय योग दिवसको उद्देश्य योगाभ्यास र यसको फाइदाबारे जनचेतना र जागरुकता बढाउने नै हो । त्यसैले योगको विभिन्न अभ्यासका माध्यमबाट शारीरिक, मानसिक एवं आध्यात्मिक लाभको प्रचारप्रसार गर्ने विशेष अवसरका रुपमा हामीले यो दिवसलाई उपयोग गर्न सक्नुपर्दछ । दिवसले विश्वका सम्पूर्ण मानिसलाई राष्ट्रियता, धर्म र संस्कृतिभन्दा माथि उठेर सबैलाई एउटै मञ्चमा ल्याउँदै विश्वव्यापी एकता अभिवृद्धि गर्न सहयोग गर्दछ”, शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले योगको समग्र दृष्टिकोण आमनागरिक र पृथ्वीको कल्याण गर्नु नै रहेकाले यसमा अन्तर्निहित अहिंसा, करुणा तथा सबै जीवित प्राणीप्रति सम्मान प्रकट गर्ने सिद्धान्त–विश्वव्यापी शान्तिको बृहत्तर एव व्यापक लक्ष्यअनुरुप हामी सबै सक्रियताका साथ अघि बढ्न जरुरी रहेको बताउनुभयो । योगले मुटुरोग, क्यान्सर र मधुमेहजस्ता नसर्ने रोगको मुख्य जोखिमको कारक ‘शारीरिक निष्क्रियता’लाई निरुत्साहित गर्दै  योगाभ्यासलाई नियमित दिनचर्यामा समावेश गर्न उत्प्रेरित पनि गर्ने उहाँको भनाइ छ ।

उपराष्ट्रपति यादवले दिवसका अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “विश्वसमुदाय र प्रकृतिबीच एकताको भाव खोज्ने एउटा माध्यम पनि योग भएकोले यसबाट विश्वमा शान्ति र शान्तिको आदर्शलाई बलियो एवं सुदृढ बनाउनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त ९यम र नियम० समावेश रहेको हुन्छ । यो मन, शरीर र आत्माबीच तादम्यता एवं सद्भावको भावलाई विकसित एवं त्वरित गर्ने प्रतीक पनि हो । यसले हामीलाई वर्तमानमा केन्द्रित हुँदै तनाव एवं नकारात्मकताबाट बच्न सिकाउँदछ । साथै हामीलाई आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउँदछ ।