२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डविरुद्ध रोमारियो शेफर्ड महङ्गो साबित, एकै ओभरमा दिए ३० रन



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ मा सुपर ८ को दोस्रो खेल इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हरायो । फिल साल्टले तुफानी ब्याटिङ गर्दै इंग्ल्याण्डलाई एकतर्फी जित दिलाए । यति मात्र होइन, साल्टले रोमारियो शेफर्डको एक ओभरमा ३० रन पनि दिए ।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डका ओपनिङ ब्याट्सम्यान फिल साल्टले आँधीबेहरी खेले । उनले ४७ बलमा अविजित ८७ रन बनाए । यस क्रममा उनले ७ चौका र ५ छक्का प्रहार गरे । कुनै बेला साल्टले ३७ बलमा ४९ रन बनाएर खेलिरहेको थियो तर एकै ओभरमा उनले पूरै कथा बदलिदिए ।

इंग्ल्याण्डलाई जितको लागि ३० बलमा ४० रन आवश्यक थियो । वेस्ट इन्डिजका कप्तान रोभमान पावलले रोमारियो शेफर्डलाई इनिङ्सको १६ औं ओभरमा बलिङ​ गर्न दिए। यस ओभरको पहिलो बलमा चौका प्रहार गर्दै फिल साल्टले आफ्नो अर्धशतक पूरा गरे । तर अर्को पाँच बलमा के भयो त्यो शेफर्डले कहिल्यै बिर्सने छैनन्।

साल्टले ओभरको दोस्रो बलमा छक्का प्रहार गरे। बल ब्याटमा राम्रोसँग लागेन तर शटमा यति धेरै शक्ति थियो कि बल बाउन्ड्रीभन्दा बाहिर गयो। साल्टले तेस्रो बलमा चौका प्रहार गरे । चौथो र पाँचौं बलमा लगातार दुई छक्का प्रहार गरे। अन्तिम बलमा फिल साल्टले फुल टस बललाई बाउन्ड्री बाहिर पठाए र चार रन बनाए।

पुरुष टी २० विश्वकपमा सबैभन्दा महँगो ओभर

३६ रन– स्टुअर्ट ब्रोड (इंग्ल्याण्ड) विरुद्ध भारत, डरबन, २००७
३६ रन– अजमातुल्लाह ओमरजाई (अफगानिस्तान) विरुद्ध वेस्ट इन्डिज, ग्रोस आइलेट, २०२४
३३ रन– जेरेमी गोर्डन (क्यानाडा) विरुद्ध संयुक्त राज्य अमेरिका, डलास, २०२४
३२ रन– इजातुल्लाह दौलतजाई (अफगानिस्तान) विरुद्ध इङ्गल्याण्ड, कोलम्बो (आरपीएस), २०१२
३० रन– बिलावल भाटी (पाकिस्तान) विरुद्ध अष्ट्रेलिया, मिरपुर, २०१४
३० रन– रोमारियो शेफर्ड (वेस्ट इन्डिज) विरुद्ध इङ्ल्यान्ड, ग्रोस आइलेट, २०२४

फिल साल्टले १६ औं ओभरमा तीन चौका र तीन छक्का प्रहार गर्दै कुल ३० रन बनाए । योसँगै रोमारियो शेफर्डको नाम इतिहासको पानामा लेखियो । उनी टी–२० विश्वकपको इतिहासमा एक ओभरमा ३० वा सोभन्दा बढी रन दिने छैटौं बलर बनेका छन् ।