४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तान्त्रिक युद्धको कथामा आधारित प्राचीन स्थल भेटियो



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक निर्माण गर्दा तान्त्रिक युद्धको कथामा आधारित प्राचीन स्थल भेटिएको छ ।

नक्सालमा सडक निर्माण गर्दा छोपिएका भैरवलाई सडक खनेरै निकालिएको हो । यो स्थान ऐतिहासिक परम्परागत स्थल हो ।

यो ठाउँका बारेमा विभिन्न जनश्रुति छन् । स्थानीयवासी शंकराचार्य र अमर वाणाको तान्त्रिक युद्धको जनश्रुतिमा आधारित कथा सुनाउँछन् ।
यसको स्थापना, धार्मिक, सामाजिक सम्बन्धका विषयमा लेख, अभिलेख, शिलालेख वा तस्विर जस्ता प्रमाण प्राप्त हुन सकेको छैन ।

भैरव राखिएको खाडल, खाडलका प्रयोग भएको इटाको गारो, गारोका बिच बिचमा भएका खोपाहरुले भने प्राचीन कालमा यसको स्थापना भएको मान्न सकिन्छ ।

वडाध्यक्ष भरतलाल श्रेष्ठ भन्नुहुन्छ, ‘लिखित प्रमाण छैन । पाका मानिसहरुले यो ठाउँका बारेमा जानकारी दिँदै, शंकराचार्य र अमर वाणाका बिचमा तान्त्रिक शक्तिका विषयमा भएको विवादले सिर्जना गरेको युद्धको कथा सुनाउँछन् ।’