२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक स्थगित



अ+ अ-

काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

संसद् सचिवालयका प्राविधिक कर्मचारीहरूले प्रत्यक्ष प्रसारण ‘ब्ल्याक आउट’ गरेपछि बैठक स्थगित भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरूले पुरक प्रश्न गर्न थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर भिडियो युट्युबटमा प्रसारण गरेका थिए ।

त्यसपछि सांसदहरूले आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै विरोध गरेका थिए ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘ब्ल्याक आउटमा सदन नचलाऔं’ भनेर आग्रह गरेपछि सभामुखले सभाको बैठक स्थगित गरिदिएका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

संसद् सचिवालयका कर्मचारीहरू तलब भत्ता, आवास भत्ता तथा शैक्षिक भत्ता वृद्धिको माग राख्दै आन्दोलनरत छन् ।