१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

घुँगी व्यापारबाट राम्रो आम्दानी

घुँगी व्यापारबाट राम्रो आम्दानी
अ अ+ अ-

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा घुँगीको व्यापार गर्दै गर्दा भेटिएका रिता मुखिया घुँगीको व्यापारबाट राम्रै आम्दानी गरिरहनुभएको छ ।

उहाँले सुनसरीको झुम्का, बराहक्षेत्र, कालाबन्जर लगायतका हतियामा घुँगीको व्यापार गर्दै आउनुभएको छ । मुखियाले आफैले खोलाबाट घुँगी खोजेर ल्याई हतिया बजारमा व्यापार गर्दै आएको बताउनुभयो । मेहनत अनुसारको राम्रै आम्दानीसँगै सहज पनि भएको उहाँको भनाइ छ ।

उहाँले विगत एक वर्षदेखि हटिया बजारमा घुँगीको व्यापार गर्दै आउनुभएको छ । उहाँका लागि भने अहिले सुनसरीका झुम्का, कालाबन्जरका हटियाबजार भने घुँगीको व्यापार गर्ने थलो नै बनेका छन् । उहाँले घुँगी जतात्यतै नपाउने भएकाले खोलाबाट खोजेर घरमा ल्याएपछि परिवारसहित मिलेर घुँगीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्ने गरेको बताउनुभयो ।

घुँगीको व्यापारबाट उहाँले मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी हुँदै आएको जानकारी दिनुभयो । आफूले खोलाबाट खोजेर ल्याई बिक्री गर्दै आएको घुँगी किन्न भने बराह क्षेत्र नगरपालिकालगायत झुम्का कालाबन्जरका ठाउँबाट किन्न आउने ग्राहकको घुइँचो नै लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

उहाँले घुँगी प्रतिकिलो रु एक सयमा बिक्री गर्दै आउनुभएको छ । उहाँले दैनिक रुपमा १२ देखि १५ किलोसम्म बिक्री गर्दै आउनुभएको छ । उहाँले यहीँबाट परिवारका लागि खर्चसमेत जुटाउँदै आउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “घँुगीमा भिटामिन पाइने हुनाले रुघा र चिसो लागेको बेला यसलाई सफा पानीले धोएर पकाएर रस पिउँदा स्वादिलो हुनका साथ रुघा र चिसो पनि ठिक हुने भएकाले धेरैजसो मानिसले घुँगी खाने गरेका छन् ।”

गर्मी महिनाभन्दा जाडोमा घुँगीको व्यापार राम्रो हुने गरेको मुखियाले बताउनुभयो । जाडो महिनामा घुँगी बाहिर निस्किने भएकाले पुसको सुरुवातदेखि माघ–फागुनसम्म राम्रो व्यापार हुने गरेको उहाँको बुझाइ छ । रासस