• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सरकारले दुध किसानलाई वक्यौता रकम तत्काल उपलब्ध गराउनुपर्छ: दीपकबहादुर सिंह



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले दुध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधबार बिहान वक्यौता रकम माग गर्दै काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय घेराउ गर्न पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सांसद सिंहले उनीहरुलाई तत्काल रिहा गर्न पनि सरकारलाई दवाव दिनुभयो । बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो मन्त्रालयको बजेट न्युन रहेको भन्दै आपत्ति जनाउनु भयो । मुलुकलाई चिनाउने भरपर्दो माध्याम खेलकुद भएपनि सरकारले त्यसका लागि विनियोजन गरेको बजेट नगन्य मात्रामा भएको सांसद सिंहको गुनासो थियो ।

उहाँले भन्नुभयो, ‘सर्वप्रथम त म दुध किसानहरुलाई सरकारले दमन गरेर, पक्राउ गरेर राखेका छन् । उनीहरुलाई तुरुन्त रिहा गरी उनीहरुको बाँकि रकम चाँडो से चाँडो उपलब्ध गराई दिनका लागि म सरकारलाई अनुरोध गर्न चाहन्छु । नेपालीहरुलाई विश्वभर चिनाउने खेलकुद नै हो । नेपालीहरुलाई पनि एकतावद्ध बनाएर राख्ने खेल नै हो । आज विदेशमा पनि हजारौं नेपालीहरुले नेपाली खेल हेर्नका लागि हजारौंको संख्यामा गएको हामीले देखेका छौं । आज यो देशमा राष्ट्रियताका लागि केही चिज बाँकि छ भने त्यो भनेको खेलकुदनै हो । सरकारले यो खेलकुद मन्त्रालयलाई जुन बजेट ल्यायो । त्यो नगन्य छ । ’

सांसद सिंहले सरकारले खेलकुद क्षेत्रको विकासका लागि बजेट वृद्धि गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनु भयो ।