• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

प्रहरीका कमान्डोद्वारा संसद् परिसरमै गोली हानेर आत्महत्या



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।

२२ वर्षीय प्रहरी जवान अजित गोलेले संसद् भवन परिसरमा रहेको दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानेर आत्महत्या गरेका हुन् ।

उनी नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत थिए । २०७८ सालमा उनी प्रहरीमा भर्ना भएका हुन् । उनलाई बिहानको समयमा ड्युटीमा खटाइएको थियो ।सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेका थिए ।