६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४मा पाकिस्तानी क्रिकेट टोलीको प्रदर्शन निकै खराब रह्यो । यो विश्वकपमा टोली सुपर–८ सम्म पनि पुग्न सकेन । यसपछि बाबर आजमको कप्तानीमा एकपटक फेरि प्रश्न उठ्न थालेको छ । बाबर आजम दोस्रो पटक टोलीको कप्तान बने तर उनले आफ्नो टोलीलाई सफलता दिलाउन सकेनन् ।

यतिसम्म कि पाकिस्तानले टी-२० विश्वकपमा अमेरिकासँग समेत हार बेहोर्यो । भारतसँगको खेलमा पाकिस्तानले हार बेहोरेको थियो । यस्तै, क्यानडाविरुद्ध विजयी भएको थियो भने आयरल्याण्डलाई मुस्किलले हरायो । प्रतियोगितामा समुहचरण बाटै बाहिरिएसँगै बाबरको कप्तानीमा प्रश्न उठेको छ।

बाबरले पाकिस्तानका खेलाडीहरू प्रतिभाशाली रहेको बताए । उनले व्यक्तिको कारणले नभई टोलीको रुपमा हारेको बताए । उनले भने, ‘सबै दुखी छन्। हामी एक व्यक्तिको कारणले हारेका होइनौं, हामी एक टोलीको रूपमा हार्यौं। तपाईहरू कप्तानको बारेमा भन्नुहुन्छ, तर म सबैको ठाउँमा खेल्न सक्दिन। त्यहाँ ११ खेलाडी छन्। र सबैको भूमिका छ। हामीले विश्वकप खेल्न सकेनौं।’

यस्तै, उनले आफ्नो कप्तानीको सम्बन्धमा पाकिस्तान क्रिकेट बोर्डले जे पनि निर्णय गर्नसक्ने बताए । बाबरले भने, ‘कप्तानी छोड्दा अब फेरि नगर्ने सोचेको थिएँ। मलाई कप्तान फिर्ता दिनु पीसीबीको निर्णय थियो । मैले कप्तानी छोड्नु पर्यो भने स्पष्ट भन्छु। म पर्दा पछाडिबाट केही बोल्दिन। जे हुन्छ, त्यो सबैको अगाडि हुनेछ। तर अहिलेसम्म मैले यसबारे सोचेको छैन। यो निर्णय पीसीबीको हो।’