१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४मा पाकिस्तानी क्रिकेट टोलीको प्रदर्शन निकै खराब रह्यो । यो विश्वकपमा टोली सुपर–८ सम्म पनि पुग्न सकेन । यसपछि बाबर आजमको कप्तानीमा एकपटक फेरि प्रश्न उठ्न थालेको छ । बाबर आजम दोस्रो पटक टोलीको कप्तान बने तर उनले आफ्नो टोलीलाई सफलता दिलाउन सकेनन् ।

यतिसम्म कि पाकिस्तानले टी-२० विश्वकपमा अमेरिकासँग समेत हार बेहोर्यो । भारतसँगको खेलमा पाकिस्तानले हार बेहोरेको थियो । यस्तै, क्यानडाविरुद्ध विजयी भएको थियो भने आयरल्याण्डलाई मुस्किलले हरायो । प्रतियोगितामा समुहचरण बाटै बाहिरिएसँगै बाबरको कप्तानीमा प्रश्न उठेको छ।

बाबरले पाकिस्तानका खेलाडीहरू प्रतिभाशाली रहेको बताए । उनले व्यक्तिको कारणले नभई टोलीको रुपमा हारेको बताए । उनले भने, ‘सबै दुखी छन्। हामी एक व्यक्तिको कारणले हारेका होइनौं, हामी एक टोलीको रूपमा हार्यौं। तपाईहरू कप्तानको बारेमा भन्नुहुन्छ, तर म सबैको ठाउँमा खेल्न सक्दिन। त्यहाँ ११ खेलाडी छन्। र सबैको भूमिका छ। हामीले विश्वकप खेल्न सकेनौं।’

यस्तै, उनले आफ्नो कप्तानीको सम्बन्धमा पाकिस्तान क्रिकेट बोर्डले जे पनि निर्णय गर्नसक्ने बताए । बाबरले भने, ‘कप्तानी छोड्दा अब फेरि नगर्ने सोचेको थिएँ। मलाई कप्तान फिर्ता दिनु पीसीबीको निर्णय थियो । मैले कप्तानी छोड्नु पर्यो भने स्पष्ट भन्छु। म पर्दा पछाडिबाट केही बोल्दिन। जे हुन्छ, त्यो सबैको अगाडि हुनेछ। तर अहिलेसम्म मैले यसबारे सोचेको छैन। यो निर्णय पीसीबीको हो।’