५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो



अ+ अ-

काठमाडौँ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक सकिएको छ ।

मंगलबार नयाँ बानेश्वरमा बसेको बैठकमा सहकारी मन्त्रालय, सहकारी विभाग र सहकारी बोर्डका प्रतिनिधिहरूले सहकारीको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

मन्त्रालयले १९ मध्ये २ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता गरिसकेको जानकारी दिएको छानबिन समिति सदस्य ईश्वरी न्यौपानेले जानकारी दिइन् ।

बैठकपछि बोल्दै उनले भनिन्,‘समस्याग्रस्त भनेर तोकिएका १९ मध्ये १७ वटा सहकारीको मात्रै अनुसन्धान गर्नुपर्ने देखियो दुईवटाले रकम फिर्ता गरेको बुझियो । ब्रिफिङका क्रममा कानुनी जटिलतालगायतका विषयमा पनि कुराकानी भयो ।’

समितिको अर्को बैठक भोलि बस्ने न्यौपानेले बताइन् ।

सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गत जेठ १५ गते छानबिन समिति गठन भएको थियो । समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउन समय दिईएको छ ।