१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनाक्षी र जहीर इकबालले २३ जुनमा कोर्ट म्यारिज गर्ने



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले जुन २३ मा अभिनेता जहीर इकबालसँग विवाह गर्दैछिन् ।

दुवैले कोर्ट म्यारिज गर्ने मिडिया रिपोर्टमा बताइएको छ । त्यसपछि सोही दिन साँझ मुम्बईको दादरस्थित बास्टन रेस्टुरेन्टमा रिसेप्शन पार्टी हुनेछ ।

मिडिया रिपोर्टका अनुसार जुन २२ मा इन्गेजमेन्ट हुने र अर्को दिन विवाह र साँझ रिसेप्शन हुने छ । जहीरले आफ्नो र सोनाक्षीको विवाहको पहिलो निमन्त्रणा सलमान खानलाई पठाएको उनका मेकअप आर्टिस्ट राजु नागले बताए ।

सोनाक्षी र जहीर ७ वर्षदेखि रिलेशनशिपमा छन् । दुवैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो । केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा आएका थिए ।