२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ



file photo
अ+ अ-

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले टेष्ट मान्यता प्राप्त राष्ट्रविरूद्ध लगातार २ खेलमा नेपाली बलिङ युनिटले देखाएको प्रदर्शनले नेपाली क्रिकेटको अथाह संभावनाहरूलाई उजागर गरेको जनाउनु भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोली बंगलादेशसँग पराजित भएपछि सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठले लेख्नु भएको छ- जितमा सबै राम्रो र सही लाग्छ। हारमा त झन् खोट लगाउन सजिलो हुन्छ।

उहाँले लेख्नुभएको छ – खेलमा कि जित्छौ कि त सिक्छौं। यसपटक हामीले सिक्यौं । दोस्रो पटक विश्व कप खेलेको टिमको यो प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन। अबको पालो सिकाईलाई परिणाममा बदल्ने हो ।