१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस



अ+ अ-

काठमाडौं, २ असार । संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको रिक्त रहेको आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त निर्वाचन आयुक्त पदमा प्रधानलाई नियुक्त गर्न सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ ।