१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन: मेयर तामाङ

मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन: मेयर तामाङ
अ अ+ अ-

काठमाडौँ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताउनुभएको छ ।

मेलम्चीमा बाढी आएको तीन वर्ष पुगेको अवसरमा मेलम्चीमा आयोजित जलवायुजन्य हानी तथा नोक्शानी र मेलम्ची बाढी विषयक नीतिगत छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले संघ सरकारले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची—हेलम्बु क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन नगरेकोप्रति भने आपत्ति जनाउनु भयो । उहाँले मेलम्चीको दिगो व्यवस्थापन स्थानीय सरकार एक्लैले गर्न नसक्ने भन्दै उहाँले संघ र प्रदेश सरकारले बजेटमा समेट्न आवश्यक रहेको बताउनु भयो । उहाँले मेलम्ची नगरपालिकाको बाढी प्रभावित क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर सरकारले चासो नदेखाएको गुनासो गर्नुभयो । उहाँले मेलम्ची खानेपानी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै आयोजनाले स्थानीयहरुले राहत पाउनुका साथै विकास निर्माणमा ठूलो टेवा पुगेको बताउनु भयो । उहाँले स्थानीयवासीको माग, समस्या, विकास निर्माणमा सम्बन्धित मन्त्रालयमार्फत संघीय सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेलम्ची र हेलम्बुमा २०७८ साल असार १ गते बाढी पहिरो गयो, जसबाट ठूलो जनधनको क्षति हुन पुग्यो । त्यसको तथ्यांक हामीले अघि नै मेलम्ची नगरपालिकाको तर्फबाट जानकारी गराइसकेका छौँ । अब मेलम्ची नगरपालिकाको बाढी प्रभावित क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर हामी जानुपर्छ । मेलम्ची र हेलम्बुबारे सरकारको नीति के हो ? नीति तथा कार्यक्रममा आउन सकेन । संघीय सरकारको नीति तथा कार्यक्रममा हामीले हेर्‍यौँ मेलम्चीको बारेमा खासै चासो देखाएको जस्तो लागेन । प्रदेश सरकारबाट पनि मेलम्चीको बारेमा नीति तथा कार्यक्रममा केही आएन भने हामी त्यत्तिकै बसेर उपयुक्त हुँदैन । स्थानीय सरकारले पनि केही गर्नुपर्छ । मेलम्ची सबै व्यवस्थापन गर्न स्थानीय सरकारले सम्भव हुँदैन तर पनि अब केही दिगोपनको रुपमा नसके पनि अस्थायी रुपमा हामीले गरिरहेको अवस्था छ ।

जलवायु परिवर्तनको कारण बाढी पहिरो गएको हो भन्ने धेरै विज्ञहरुबाट कुरा आइसकेको छ । त्यसकारण खानेपानीलाई दोष दिन उचित हुँदैन । मेलम्ची खानेपानी अत्यन्त राष्ट्रिय गौरवको आयोजना हो । जसले गर्दा यहाँको नागरिकहरुले ठूलो सेवा पाएका छन् । विकास निर्माणमा ठूलो टेवा पुगेको छ । किनकी सुपको कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष बजेट आउने गर्दथ्यो, गत वर्ष र यस वर्ष आएको छैन । गठन आदेशको विभिन्न कारणले या भन्दा अघिको सरकारले विभागतिर लगेर गाभेको कारणले आउन सकेको छैन । भोलिको दिनमा मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा मेलम्ची नगरपालिकाको ठूलो सहयोग पुग्नेछ । हाम्रो तर्फबाट कहीँ कतै बाधा, व्यवधान खडा हुँदैन । प्रोजेक्ट जानुपर्छ र यहाँका स्थानीयवासीको माग, समस्या, विकास निर्माणमा सम्बन्धित मन्त्रालयमार्फत संघीय सरकारले यो सम्बोधन हुनुपर्छ । मेलम्चीमा आउने बाढी,पहिरो नियन्त्रणका लागि यहाँहरुको ठूलो सहयोग पुग्नेछ ।’

कार्यक्रममा बोल्दै विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले मेलम्ची परियोजनाका माध्यमबाट लाभ लिनेकुरामा जोड दिनुपर्ने बताउनु भयो । उहाँले मेलम्ची खानेपानि परियोजनाले कुनैपनि हानी नगरेको भए परियोजनालाई थप व्यवस्थित बनाएर लैजानुपर्ने बताउनु भयो । उहाँले बाह्रै महिना काठमाडौंको नागरिकलाई पानीको व्यवस्था भएको खण्डमा त्यसबापतको रोयल्टी मेलम्चीका नागरिकहरुले पाउने कुरामा ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेलम्ची परियोजना नभएको भए बाढी आउँथ्यो की आउँदैन थियो होला । यो के होला ? बाढी आउँथ्यो भने मेलम्ची परियोजनाका माध्यमबाट लाभ लिनेकुरा हामी गरौँ । तर परियोजनाले केही क्षति गरेन भने हामी यो परियोजनालाई अझ सपोर्ट गर्नेतिर गयौँ भने बाह्रै महिना काठमाडौंको नागरिकलाई पानीको व्यवस्था भयो, पानी पिउने परिस्थिति भयो भने त त्यसबाट प्राप्त गरेको रोयल्टी यहाँको जनताले पाउने भए नि । त्यतातिर पनि हामीले सहयोग गर्नेतिर लाग्यौँ भने राम्रो हुन्छ । ग्रिन क्लाइमेट फण्डको जुन कुरा छ, यो फण्डलाई सरकारी तहबाट गर्ने की मलाई पनि के लागेको छ भने समितिमा एक पटक छलफल गरौँ ।’

कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाकी पूर्वमेयर भगवती नेपालले राष्ट्रिय विपद् व्यवस्थापन राष्ट्रिय समितिले प्राविधिक पठाएर पहिचान गरेको २४४ घरधुरी लाभग्राहीहरुलाई घर बनाउन कार्यविधि परिवर्तन गरेर अफ्ठ्यारो बनाइएको बताउनु भयो । उहाँले घर बनाउन अनुमति दिइसकेपछि अहिले कार्यविधि परिवर्तन गर्नु दृष्टिको दोष र सोचमा खोट भएको बताउनु भयो । जग्गा जमीनको क्षतिपूर्ति दिनेकुरा कानूनमा नै नरहेको भन्दै सरकारले बनाएको सुकुम्वासी र प्रकृति, प्रकोपले बनाएका सुकुम्वासीलाई अरु सरहको घर बनाउने जग्गा किन्न दिने नीति नरहेकोप्रति दु:ख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यतिबेला यो २४४ घरधुरी मेलम्ची नगरपालिकाले पहिचान गरेको होइन, राष्ट्रिय विपद् व्यवस्थापन राष्ट्रिय समितिले प्राविधिक पठाएर पहिचान गरेको हो । तिनैलाई लाभग्राही कायम गरेको हो । तर लाभग्राही कायम गरेर उहाँहरुलाई घर बनाउन अनुमति दिइसकेपछि अहिले कार्यविधि चेन्ज गरेर अफ्ठ्यारो पारेको छ । यसलाई के भन्ने हामीले ? दृष्टिको दोष हो की होइन, सोचमा खोट हो की होइन, नभइ कसरी गरिन्थ्यो । त्यो कुरा हामीले बुझ्न जरुरी छ । जग्गा जमीनको क्षतिपूर्ति दिने कुरा त कानूनमा छैन नै । त्यो आफ्नो ठाउँमा छ । तर सरकारले बनाएको सुकुम्वासी र प्रकृति, प्रकोपले बनाएका सुकुम्वासीलाई अरु सरहको घर बनाउने जग्गा किन्न दिने नीति पनि छैन । जुन अरु खालको प्रभावितहरुलाई जग्गा दिइन्छ, सरकारले बनाएको सुकुम्वासी र प्राकृतिक प्रकोपले बनाएको सुकुम्वासी । सरकारले बनाएको सुकुम्वासी भनेको बाटो खनिदिन्छु, अब दायाँ, बायाँ जग्गा हुन्छ, त्यसपछि सुकुम्वासी हुन्छ, तर उसको लालपूर्जा रही रहेको छ । बाढीले सबै नोक्शानी गरेको छ, उसँग लालपूर्जा छ, जग्गा खोलामा छ, उ सुकुम्वासी हुँदैन, अनि सरकारको सेवा सुविधाबाट वञ्चित हुन्छ । यो नीतिगत जटिलता छ । यसको कसरी समाधान गर्ने भन्नेकुरा आउनुपर्छ । सरकारले बनाएका सुकुम्वासी र प्रकृतिले बनाएका सुकुम्वासीलाई जबसम्म हामी सुकुम्वासी बनउन सक्दैनौँ, तबसम्म यो बाढीले बनाएका सुकुम्वासीलाई जायज न्याय गर्न सक्दैनौँ ।’

उहाँले सरकारले बनाएका सुकुम्वासी र प्रकृतिले बनाएका सुकुम्वासीलाई सुकुम्वासी बनउन नसकेसम्म बाढीले बनाएका सुकुम्वासीलाई जायज न्याय दिन नसकिने बताएनु भयो ।