२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर आठमा



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह बी को अन्तिम खेलमा स्कटल्यान्ड अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको छ ।

आइतबार बिहान भएको खेलमा अष्टेलियासँग स्कटल्यान्ड पराजित भएपछि इंग्ल्यान्ड शीर्ष २ मा रहँदै सुपर ८ मा पुगेको छ। इंग्ल्यान्ड र स्कटल्यान्डको समान ५ अंक भए पनि नेट रनरेटमा इंग्ल्यान्ड अघि रहँदै सुपर ८ मा पुगेको हो।

समूह बी बाट अस्ट्रेलियाले भने अपराजित रहँदै सुपर ८ खेल्नेछ। यो समूहबाट स्कटल्यान्डसँगै नामिबिया र ओमान विश्वकपबाट बाहिरिएका छन्।

स्कटल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले २ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो। अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले सर्वाधिक ६८ रनको योगदान दिए। उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

मार्कस स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाए। टिम डेभिड २४ र म्याथु वेड ४ रनमा नटआउट रहे।

स्कटल्यान्डका मार्क वाट र सफ्यान सरिफले समान २ विकेट लिए। ब्राड वेलको नाममा १ विकेट रह्यो।

त्यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको योगफल बनाएको थियो । स्कटल्यान्डका ब्रान्डोन एमसीमुलेनले सर्वाधिक ६० रन बनाए। उनले ३४ बलमा २ चौका र ६ छक्का हाने।

कप्तान रिची बेरिग्टोन ३१ बलमा १ चौका र २ छक्कासहित ४२ रनमा नटआउट रहेका थिए। ओपनर जर्ज मुन्सेले ३५ रन बनाउदा म्याथु क्रसले १८ रन बनाएका थिए ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले २ विकेट लिएका थिए। एष्टोन अगर, नाथल इलिस र आडम जम्पाले समान १ विकेट झारे।