२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटबारे समीक्षा हुन आवश्यक छः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीले चलाइरहेका मन्त्रालयको बजेट विनियोजनको स्थिति पनि हेर्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले देशलाई गरिबी हुनबाट बचाउनका लागि एमाले सरकारमा गएकाले बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले दिगो विकास लक्ष्य पाँच वर्षभित्र पूरा गर्नुपर्ने भन्दै मुलुकको विकास र गरिबी घटाउन उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने धारणा राख्नुभयो । देश बनाउने सङ्कल्प, अठोटसहित उद्यमशीलता बढाउन प्रविधिको प्रयोग गर्नुपर्ने उहाँको भनाए थियो ।

अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई कमजोर पार्ने प्रयासस्वरूप एमालेविरुद्ध प्रतिक्रियावादीले गलत हल्ला फैलाएका तर्फ सचेत रहनुपर्ने बताउनुभयो । “ प्रतिक्रियावादीहरूले देश अगाडि नबढोस् भनेर राष्ट्रिय शक्तिलाई कमजारे पार्न चाहान्छन्”, उहाँले भन्नुभयो, “भ्रमको जालो फिजाउन, आस्था हटाउने र जनविश्वास कसरी कमजोर बनाउन सकिन्छ भनेर एमालेविरूद्ध लागिपरेका छन् । त्यसलाई चिर्दै अगाडि बढ्नुपर्छ ।”