६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा



अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका रहेको जलेश्वर भन्सारअगाडि जानकी मन्दिरको अनुभूति गराउने प्रवेशद्वार निर्माण गरिएको छ ।

जलेश्वर भन्सार कार्यालयको रु एक करोड ८८ लाख ३३ हजार नौ सय ३९ लागतमा जनकपुरमा अवस्थित जानकी मन्दिर जस्तै आकर्षक प्रवेशद्वार निर्माण गरिएको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलले बताउनुभयो ।

प्रवेशद्वारमा जानकी मन्दिरको जस्तै आकर्षक बुट्टा काट्ने, रङ्गरोगन गर्ने र बत्ती जडान गर्न भन्सारले चालु आवमा पुनः रु ६६ लाख ९३ हजार एक सय ८५ प्रदान गरेको थियो ।

विश्वसम्पदा सूचीमा समावेश गर्न सिफारिस गरिएको जनकपुरस्थित जानकी मन्दिरजस्तै देखिने यो प्रवेशद्वार हेर्न महोत्तरी आसपासका क्षेत्रका साथै भारतबाट पनि सयौँ मानिस दैनिक रूपमा यहाँ आउने गरेका छन् । रासस