१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमले ल्यायो जिएसएम मोबाइल तथा एफटिटिएचमा आकर्षक प्याकेज



अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि जिएसएम मोबाइल तथा एफटिटिएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरू ल्याएको छ । टेलिकमले भोलि (२०८१ असार १ गते) देखि लागु हुने गरि अफरहरू ल्याएको हो ।

अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ रूपैयाँमा एकै नेटवर्कमा असीमित कल गर्न सकिने (अनलिमिटेड अन–नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक प्रयोग गर्न सकिनेछ ।

त्यसैगरी, सजिलो ६३६ प्याक अन्तर्गत ६३६ रूपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जिबी डेटा सेवा लिन सकिनेछ ।

यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जिबी डेटा र १५० अन–नेट एसएमएस सेवा तथा सजिलो ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जिबी डेटा र २०० अन–नेट एसएमएस सेवा प्राप्त गर्न सकिनेछ ।

कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डेटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ।

यी सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ।

यसका साथै, इन्डिया भ्वाइस कल प्याकेजअन्तर्गत ८० रूपैयाँमा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने २७० रूपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ।

त्यसैगरी, प्रिमियम एफटिटिएच प्याकेजहरूमा डेटा मात्र, बेसिक आइपिटिभी तथा प्रिमियम आइपिटिभीका प्याकेजहरू, भ्वाइस सेवा मात्र प्रयोग गर्ने ग्राहकहरूका लागि बेसिक आइपिटिभी तथा प्रिमियम आइपिटिभी प्याकेजहरू र एक्सजिपिओएन प्याकेजहरूमा डेटा मात्र, बेसिक आइपिटिभी तथा प्रिमियम आइपिटिभीका प्याकेजहरू समेत सुलभ दरमा उपलब्ध हुनेछन्।

ग्राहकले आफ्नो मोबाइलबाट (१४१५ ) ‍डायल गरेर वा ुनेपाल टेलिकमु एपको प्रयोगबाट विभिन्न प्याकेजहरूसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्।