१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री रविका सय दिन : के गरे ? के गर्न सकेनन् ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका एक सय दिन पुगेको छ । लामिछानेले आज पत्रकार सम्मेलन गरेर आफूले गरेका काम सार्वजनिक गर्ने तयारी गरेका छन् ।

रवि लामिछाने गृहमन्त्री भएपछि केही सकारात्मक कामको सुरुवात गरेका छन् । उनले प्रहरी परिचालनलाई प्रभावकारी बनाएका छन् भने सेवामा समेत सुधार भएको छ ।

लामिछाने स्वयम् भने विवादमा परेका छन् । सहकारीको रकम हिनामिना गरेको आरोप खेपिरहेका उनीमाथि छानबिनसमेत भइरहेको छ ।
उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर रिसइबी साँधेको आरोप खेप्नु पर्‍यो ।

सामाजिक सञ्जालबाटै ट्राफिक प्रहरीलाई दिएको निर्देशन कार्यान्वयन गर्न सर्वोच्च अदालतले रोक लगाएको छ । यसैगरी उनले महान्यायाधिवक्ताको कार्यालयबाट आफूमाथि कुनै अभियोग नरहेको पत्र ल्याएर सार्वजनिक गरेपछि विवादमा तानिएका छन् । उनीविरुद्ध अहिले सर्वोच्चमा रिटसमेत छ ।

त्यसैगरी गृहमन्त्री लामिछानले संसद्मा दिएको अभिव्यक्तिसमेत विवादमा परेको थियो ।

लामिछानेले आज आफूले गरेका काम के हुन् भनेर सार्वजनिक गर्दै छन् ।