१ असार २०८३, सोमबार
,
Latest
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि
तपाईं के खोज्दै हुनुहुन्छ ?

३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित



अ+ अ-

चितवन । सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहनुभएकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित हुनुभएको छ । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आउनुभएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहनुभएको थियो । 

उहाँ गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा हुनुहुन्छ । उहाँसँगै श्रीमान् र आमासमेत सङ्क्रमित हुनुभएको छ । अधिकारीले भन्नुभयो, “निकै गाह्रो हुँदो रहेछ ।” उहाँले टाउको, शरीर र छाती दुखेको बताउनुभयो । उक्त प्रयोगशालामा दैनिक ६०० सम्म स्वाब परीक्षण हुने गरेको थियो । शुरुआती समयमा स्वाबको सङ्ख्या धेरै भएपछि २४ सै घण्टा काम गर्नुपरेको थियो । उक्त ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ । 

भरतपुर कोभिड–१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक आफू सुरक्षित भई काम गर्दा पनि सङ्क्रमित हुन पुगेको बताउँछन् । “पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि सङ्क्रमित भएँ”, डा अधिकारीले भन्नुभयो “कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने गरेका थियौँ ।” 

जिल्लामा पोजेटिभ सङ्क्रमित छ हजार ४१२ जना पुगेका छन् । मृतकको सङ्ख्या १०१ पुगेको छ । छ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरमा मात्रै चार हजार ५८९ जना छन् । यस्तै माडीमा १३१, राप्तीमा ३११, रत्ननगरमा ७५७, खैरहनीमा ३९८, कालिका नगरमा १८८ र इच्छाकामनामा ३८ जना सङ्क्रमित देखिएका छन् ।




भर्खरै