१ असार २०८३, सोमबार
,
Latest
बागमतीको बजेट ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित



अ+ अ-

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा तीन सय ८० मत प्राप्त गरी राजन भुर्तेल निर्वाचित हुनुभएको छ ।

अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल विजयी हुनुभएको हो । जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जीतकार र सूर्यमाया दनुवार निर्वाचित हुनुभएको छ ।

मतदानमा छ सय ७९ जना सहभागी भएका थिए । धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गुर्नभएको थियो ।

जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा सात सदस्य गरी एक सय पाँच जना निर्वाचित भएका छन् ।