५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको सय दिनबारे एमाले: नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले आफ्नो काममा गति बढाउनुपर्ने बताउनुभएको छ ।

उहाँले नागरिकको अपेक्षा सम्बोधन हुनेगरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताउनुभएको हो । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको सय दिनको कसरी मुल्यांकन गर्नु भएको छ ? भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै प्रमुख सचेतक बर्तौलाले सरकारको सय दिनमा नकारात्मक टिप्पणी गर्ने ठाउँ नभएको बताउनु भयो ।

नागरिकमा विद्यमान समस्या समाधान गर्ने सामथ्र्यका साथ सरकारले काम गर्नुपर्ने उहाँको भनाई थियो । प्रमुख सचेतक बर्तौलाले सरकारप्रति नागरिकको ठूलो अपेक्षा भएकाले पनि त्यसलाई सम्बोधन हुने गरी काम गर्नुपर्ने बताउनु भयो । सरकारले नागरिकको विश्वास जित्न सफल भएको दाबी गर्दै उहाँले सिमित स्रोत, साधनको बीचमा पनि सरकारले अधिकतम डेलिभरी दिन सकेको पनि बताउनु भयो ।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘सय दिनमा सरकारले नराम्रो गरेन । सय दिनको अंक दिँदाखेरी अनुत्तिर्ण भएको अवस्था छैन । डिस्टिंग्शन दिइहाल्नुपर्ने अवस्था पनि रहेन । त्यो पथमा सरकार पुगेको छ । नागरिकको विश्वास जितेको छ । अर्थतन्त्रलाई बिग्रदो गतिबाट ट्रयाकमा ल्याउने ठाउँमा पुर्‍याएको छ । शान्ति सुरक्षालाई कायम पथमा सरकार अघि बढिरहेको छ । सरकारको तर्फबाट जेस्रोत, साधन छ, यसको सिमितताको बीचबाट पनि अधिकतम डेलिभरीहरु गर्न खोजेको देखिन्छ । तर अब सरकारले आफ्नो गति बढाउनु पर्छ । अब गेयर बदल्नुपर्छ । न्युट्रलमा थियो, अब १/२ हुँदै अगाडि बढाउनुपर्छ । अहिलेको गतिले अब पुग्दैन । नागरिकमा ठूलो अपेक्षा छ । युवाहरुको ठूलो संख्या बेरोजगार छन् । कृषिमा समस्याहरु छन् । यी देखिएका समस्या समाधान गर्ने सामथ्र्यका साथ सरकारले काम गर्नुपर्छ । अहिलेसम्मको सय दिनको मूल्यांकन गर्दाखेरी नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन ।’

प्रमुख सचेतक बर्तौलाले सरकारले आफ्नो सय दिनमा मुलुकको बिग्र्र्र्र्र्र्रँदो अर्थतन्त्रलाई ट्रयाकमा ल्याएको र नागरिकको विश्वास जित्न सफल भएको जिकिर पनि गर्नुभयो ।