• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

सरकारले अदालतप्रति नागरिकको भरोसा वृद्धि गर्न आवश्यक: प्रमुख सचेतक बर्तौला



काठमाडौैँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अदालतप्रति नागरिकको भरोसा वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास, रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अदालतप्रति नागरिकको भरोसा कमजोर हुँदा डेमोक्रेसीप्रतिको भरोसा कमजोर हुने अवस्था सिर्जना भएको बताउनु भयो । प्रमुख सचेतक बर्तौलाले अदालतप्रतिको भरोसा जगाउने भनेको न्याय सम्पादनमा प्रभावकारीता,निपक्षता र स्वच्छता एवं छिटो न्याय सम्पादन भएको बताउनु भयो । उहाँले ढिलो न्याय नपाउनु भनेको न्याय नपाउनु सरह भएको धारणा राख्नुभयो । उहाँले सर्वोच्च अदालतमा असाध्यै डरलाग्दो रुपमा मुद्दाको चाप रहेको बताउनु भयो । उहाँले वि.स २०८० असार मसान्तसम्मको तथ्याङ्क अनुसार ४२ हजार १४ मुद्दा दर्ता,अधिल्लो पटकका जिम्मेवारी सारिएका ३० हजार ६ सय ३४ र यो वर्ष दर्ता भएको ११ हजार ३८० मुद्दा रहेको बताउनु भयो । उहाँले ४२ हजार १४ मुद्दामध्ये १३ हजार २७३ मुद्धा फछर्यौट भएको र फछ्र्यौट हुन बाँकी मुद्दा २८ हजार ७ सय ४१ मुद्दाको लगतभित्र पाँच वर्ष भन्दा अगाडिका ४ हजार १६० बढी मुद्दाहरु रहेको बताउनु भयो ।

उहाँले यति लामो समयदेखि ठूलो मुद्दाको चाप रहिरहँदा नागरिकले न्यायको अनुभुति गर्न नसक्ने बताउनु भयो । उहाँले न्याय सम्पादनमा प्रभावकारी ढङ्गमा अगाडि बढाउनको लागि सर्वोच्च अदालतले २०६१ सालदेखि न्यायलयभित्र बनेको स्टाटेजिक योजनालाई सरकारले कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले न्यायलय असक्षम भएर मुद्दाको चाप लागेको नभई आवश्यक स्रोत साधनको व्यवस्थापन,जनशक्ति व्यवस्थापनका कारण भएको दाबी गर्नुभयो । उहाँले सरकारले सर्वोच्चमा खाली रहेका चार जना न्यायधीश तत्काल नियुक्ति गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नागरिकलाई न्यायलय प्रतिको भरोसा जगाउन अदालतमा समयमा स्रोत साधन र जनशक्ति व्यवस्थापन गर्न सरकार चुक्न नहुने बताउनु भयो । उहाँले सर्वोच्चको मुद्दाको चाप कम गर्नको लागि अतिरिक्त इजालसको बनाएर भए पनि मुद्धा अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ अदालतप्रति नागरिकको भरोसा वृद्धि गर्नुपर्छ । अदालतप्रति नागरिकको भरोसा अब कमजोर हुन्छ । त्यतिबेला डेमोक्रेसीप्रतिको भरोसा कमजोर हुन्छ । अदालतप्रतिको भरोसा भनेको न्याय सम्पादनमा प्रभावकारीता,निपक्षता र स्वच्छता हो । छिटो न्याय सम्पादन पनि हो । ढिलो न्याय नपाउने भनेको न्याय नपाउनु सरह हो । आज सर्वोच्च अदालतमा जिल्ला र हाईकोटको विषय एउटा छ । त्यहाँ केही अंक र तथ्याङ्कका हिसावमा छिटो भएको होला । सर्वोच्च अदालतमा हेर्ने हो भने असाध्यै डरलाग्दो मुद्दाको चाप छ । आजको दिनमा हेर्ने हो भने २०८० असार मसान्तसम्म ४२ हजार १४ मुद्धा दर्ता भए अधिल्लो पटकका जिम्मेवारी सारिएका मुद्धा ३० हजार ६ सय ३४ थियो । यो वर्ष दर्ता भएको ११ हजार ३८० छ । ४२ हजार १४ मुद्दामध्ये १३ हजार २७३ मुद्दा फछर्यौट भए । फछ्र्यौट हुन बाँकी मुद्धा २८ हजार ७ सय ४१ मुद्धाको लगतभित्र पाँच वर्ष भन्दा अगाडिका ४ हजार १६० बढी मुद्दाहरु छन् ।

यति लामो समयदेखि ठूलो मुद्दाको चाप रहिरहने कुराले नागरिकले न्यायको अनुभुति कसरी गर्छन । गम्भिर प्रश्न होइन । त्यसकारणले न्याय सम्पादनमा प्रभावकारी ढङ्गमा अगाडि बढाउनको लागि सर्वोच्च अदालतले २०६१ साल देखि न्यायलयभित्र एउटा स्टाटेजिकका रुपमा योजना अगाडि बढ्यो । त्यो सफल हुन सकेको छैन । त्यसकारण त्यसमा राज्यको तर्फबाट कतव्र्यहरु पूरा गर्नुपर्छ । न्यायलय असक्षम भएर मुद्दाको चाप लागेको होइन । आवश्यक स्रोत साधनको व्यवस्थापन,जनशक्ति व्यवस्थापन अहिले चार जना सर्वोच्चमा न्यायधीश खाली छन् । यो प्रक्रिया चाँडो टुंग्याउनु पर्छ । समयमा स्रोत साधन र जनशक्ति व्यवस्थापन गर्न सरकार चुक्न हुँदैन । सर्वोच्चको मुद्धाको चाप कम गर्नको लागि अतिरिक्त इजालसको बनाएर लैजानुपर्छ । उहाँले सबै मुद्दा सर्वोच्चमा आउने वातावरणलाई कम गर्नुपर्छ । अदालतको फैसला कार्यान्वयनको पक्ष पनि डरलाग्दो अवस्थामा छ ।’

उहाँले सबै मुद्दा सर्वोच्चमा आउने वातावरणलाई कम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अदालतको फैसला कार्यान्वयनको पक्ष पनि डरलाग्दो अवस्थामा रहेको भन्दै सुधार गर्न जरुरी रहेको बताउनु भयो ।