• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

पाकिस्तानलाई अर्धशतकीय इनिङ्स खेलेर जिताएका रिजवानको नाममा लाजमर्दो कीर्तिमान दर्ता



एजेन्सी । लगातार दुई खेलमा लज्जास्पद हार बेहोरेको पाकिस्तानले मंगलबार अन्तिममा जितको स्वाद चाखेको छ । मोहम्मद रिजवानको अर्धशतकको मद्दतले पाकिस्तानले १५ बल बाँकी रहँदा क्यानडालाई ७ विकेटले पराजित गर्‍यो ।

यो जितसँगै पाकिस्तानले सुपर–८ को आशा जीवित राखेको छ । अब टोलीले आफ्नो अर्को खेल १६ जुनमा आयरल्याण्डसँग खेल्नुपर्नेछ ।

टी–२० विश्वकप २०२४ को २२ औं खेल जुन ११ मा पाकिस्तान र क्यानडाबीच न्यूयोर्कमा खेलिएको थियो । यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले आरोन जोन्सनको अर्धशतकको मद्दतले २० ओभरमा सात विकेट गुमाएर १०६ रन बनाएको थियो ।

जवाफमा पाकिस्तानले १७.३ ओभरमा तीन विकेट गुमाएर १०७ रन बनाएर खेल जित्यो । यो जितसँगै टोली समूह ए को अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । अब उसको खातामा दुई अंक छ र नेट रनरेट (०.१९१) पनि सुधार भएको छ ।

पाकिस्तानलाई जित दिलाउन मोहम्मद रिजवानले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले ५३ रनको अविजित इनिङ खेल्दै टोलीलाई विश्वकपमा पहिलो जित दिलाएका थिए । यस क्रममा ओपनिङ ब्याट्सम्यानले दुई चौका र एक छक्का प्रहार गरे ।

तर, लज्जास्पद कीर्तिमान पनि उनको नाममा दर्ता भयो । रिजवानले क्यानडाविरुद्ध ५२ बलमा अर्धशतक बनाएका थिए । बलको हिसाबले यो टी–२० विश्वकपको इतिहासमा सबैभन्दा ढिलो अर्धशतक हो । यसअघि जारी प्रतियोगितामा डेभिड मिलरले ५० बलमा अर्धशतक बनाएका थिए । डेभन स्मिथ र डेभिड हसी तेस्रो र चौंथो स्थानमा छन् । डेभनले २००७ मा बंगलादेश र हसीले २०१० मा इंग्ल्याण्डविरुद्ध दुबैले ४९–४९ बलमा अर्धशतक बनाएका थिए ।