१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेपको झण्डा सगरमाथामा



अ+ अ-

काठमाडौँ । एभरेष्ट जुडो क्वलका अध्यक्ष दावा गेल्जेन शेर्पाले सगरमाथाको सफल आरोहण गर्नु भएकोमा राष्ट्रिय खेलकुद परिषद्ले बधाई र शुभकामना दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शेर्पालाई बधाई दिदै खेलकुद क्षेत्रबाट पनि विश्वको सर्वोच्च शिखर आरोहण गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो ।

जुन २२ का दिन चुचुरोमा पुग्नु भएका शेर्पाले राष्ट्रिय खेलकुद परिषद्को लोगो सहितको झण्डा फहराउनु भएको थियो । उहाँले सगरमाथाको चुचुरोमा फहराएको परिषद्को भण्डा सदस्य–सचिव घिसिङलाई हस्तान्तरण गर्नुभएको थियो । गेल्जेनको अभियनले खेल पर्यटनलाई समेत टेवा पुग्ने सदस्य सचिव घिसिङले बताउनुभयो ।

वेसक्यापबाट चार दिनमा चुचुरोमा पुगेर फर्केका शेर्पालाई काठमाडौंदेखि काठमाडौं फकर्न २८ दिन लागेको थियो । जुडोका पूर्व खेलाडी समेत रहेका शेर्पाले खेलकुदको क्षेत्र सगरमाथा चुचुरो सम्म नै छ भन्ने सन्देश दिन आफूले झण्डा लगेको जानकारी दिनुभयो ।
सगरमाथा प्रर्दुषण नियन्त्रण समितिका उपाध्यक्ष समेत रहेका गेल्जेनले हिमालको फोहर व्यवस्थापनका लागि खेलकुद क्षेत्रको पनि भूमिका हुन्छ भन्नका लागि चुचुरोमा खेलकुदको झण्डा फहराएको बताउनुभयो ।