१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

महिलाहरुले बाजा बजाउने सिप सिकेपछि…

महिलाहरुले बाजा बजाउने सिप सिकेपछि…
अ अ+ अ-

म्याग्दी । संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् । युवा र पुरुषहरु विदेशिएका कारण जनशक्ति नहुँदा बिवाह, छेवार, ब्रतबन्ध, किरियामा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि पात्लेखेतका महिलाले व्ययसायिक रुपमा बाजा बजाउने पेशा अपनाएका हुन् ।

संस्कृति र पेशालाई संरक्षण गर्दै आयआर्जन तथा आत्मनिर्भर बन्नका लागि बाजा बजाउन थालेको बेनी नगरपालिका–१० पात्लेखेतको सिद्धबराह आमा समूहका सचिव गीता रोकाले बताउनुभयो ।  “गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो,” उहाँले भन्नुभयो “छिमेकी गाउँबाट बाजा बजाउने जनशक्ति नआए संस्कारगत कार्यनै प्रभावित हुने अवस्था आएपछि महिलाहरुले बाजा बजाउने सिप सिकेर व्यवसाय थालेका छौ ।”

बाजा बजाउने सिप सिकेपछि मौलिक संस्कृतिको संरक्षणसँगै आयआर्जनको अवसर सिर्जना भएको पात्लेखेतकी सम्झना रोकाले बताउनुभयो । बेनी नगरपालिकाको “आमा समूहसँग उपमेयर” कार्यक्रम मार्फत पात्लेखेतका ३० जना महिलाहरुलाई हालै ४५ दिनसम्म बाजा बजाउने तालिम दिइएको थियो । तालिममा सहभागीहरुका लागि दुई सेट नौमती बाजाका सामग्री पनि उपलब्ध गराएको बेनी नगरपालिका–१० का वडा अध्यक्ष मसबिर रोकाले बताउनुभयो । सिप र सामग्री पाएपछि पात्लेखेतका महिलाहरुले व्यवसायिक रुपमा बाजा बजाउन थालेका उहाँले बताउनुभयो ।

नगरपालिकाले नौमती बाजा तालिम सञ्चालन र सामग्री खरिदमा रु। ६ लाख बिनियोजन गरेको थियो । यसैगरी रु। ३ लाख बजेटबाट रैथाने बाली प्रशोधन र भण्डारण गर्ने ११ वटा कम्बाइन्ड मिल र ९प्याकेजिंग० मेशिन उपलब्ध गराइएको छ ।

समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाई गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन कार्यक्रम मार्फत सिप र प्रविधि सहयोग गरीएको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । “महिला आर्थिक रुपमा सक्षम भए भने हिंसा न्युनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडी आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौ,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमा रु। २० लाख बिनियोजन भएको कार्यक्रम वडा नम्बर २ र १० मा लागू भएको छ ।”

नगर उपप्रमुख लामिछानेको प्रस्तावमा दुई वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । वडा नम्बर २ मा ५० जनालाई केराको थामबाट धागो र स्थानीय तितेपाती लगायतका सामग्री प्रयोग गरेर साबुन बनाउने तालिम दिइएको थियो ।  १५ जना आवद्ध ज्यामरुककोट सिर्जनशिल महिला उद्योगलाई ३ थान स्वीङ मेसिन उपलब्ध गराएको ज्यामरुककोटको मुल आमा समूह सञ्जालका सल्लाहकार उषाघर्ती घिमिरेले बताउनुभयो ।

‘१० जना आवद्ध गणेश फाइवर तथा कम्पोष्ट मल उद्योगलाई केराको रेशा निकाल्ने एक्स्ट्रयाक्ट मेसिन १ थान, रेशा निकाल्ने प्रविधि १ थान र भर्भि कम्पोष्ट मल बनाउने प्रबिधि १ थान हस्तान्तरण गरिएको छ । केरा खेतीको पकेट क्षेत्र रहेको खबरामा खेर गइरहेको केराको थामलाई सदुपयोग गरेर धागो र मल बनाउन थालिएको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्माले बताउनुभयो ।  आठ जना उद्यमी आवद्ध प्रस्तावित जनश्रमीक महिला उद्योगलाई कपडा धुने सरफ उत्पादन गर्ने १ थान मिक्सचर, सरफ, साबुन, ट्वाइलेट क्लिनर, भाडा माझ्ने झोल साबुन, हात धुने झोल साबुन र ग्यास क्लिनिर सामग्री १ थान प्रदान गरिएको थियो । रासस