२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उन्मुक्ति पार्टीका नेताको सामाजिक संञ्जालमा जुहारी, पार्टीमा को खुशी, को दु:खी ?



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र सोही पार्टीका नेता ठाकुर शिंह थारुबीच सामाजिक संञ्जालमा जुहारी चलेको छ ।

नेता थारुले अध्यक्ष रञ्जिता मात्र खुशी रहेको तर कार्यकर्ताहरु निरास रहेको भन्दै अध्यक्षको कटाक्ष गर्नुभएको छ ।

थारुलाई सामाजिक सञ्जाल मार्फत जबाफ फर्काउँदै पार्टीलाई बेच्न मोलमोलाई गर्ने व्यापारीहरू मात्र दु:खी रहेको जनाउनु भएको छ ।

अध्यक्ष रञ्जितालाई मेन्सन गरेर थारुले लेख्नु भएको छ-

प्रिय अध्यक्ष रन्जिता जि ।
तपाई जति खुशि हुनु हुन्छ त्यति खुशि तपाईको पार्टिका कार्यकर्ता किन छैनन्  ? तपाईको मुखमा हाँसो छ तर तपाईको कर्याकर्ताको मुखमा किन निराश छ ?
थाह होस । तपाईको मुस्कान भन्दा नि निराशाले पार्टि उभो लाग्दैन ।
जय नागरिक ।

ठाकुरलाई जबाफ दिदै अध्यक्ष रञ्जिताले लेख्नु भएको छ-

ठाकूर सिंग ज्यू
तपाइले मलाई फेसबुक मा प्रश्न गर्नु भयो उत्तर यसैमा दिन उचित सम्झे
म यस कारण खुशी छु कि नागरीक उनमुक्ती पार्टि अहिले एकदम ठिक लाईनमा छ॥
पार्टीलाई आफ्नो खल्ती भर्ने व्यापार सम्झनेहरू मात्र खुशि छैनन् !
पार्टी अध्यक्षको हैसियतले भन्छु हामी सबै पार्टिमा खुशी छौं !
आफ्नो पार्टिले पाउदै गरेको मुख्यमन्त्री अर्को पार्टीलाई बेचेर खान नपाऊदा दुखीहुने हरू कदापी नागरीक ऊन्मुक्ती पार्टीका होइनन् !!
गर्वका साथ नागरीक ऊन्मुक्ती पार्टीको लागी सु।प प्रदेशको मुख्य मन्त्री लिएर जांदा अर्को पार्टीको मान्छेहरू सगं आफ्नो पार्टीलाई बेच्न मोलमोलाई गर्ने व्यापारीहरू दु:खी छन् भने हुन दिनुस ॥
अलिकती पनी पार्टी प्रती नैतिकता छ भने आफ्नो धरातल सम्झनुहोला !
जय नागरीक