१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

जलका स्रोतमा पूजा गरी मनाइयो सिथि नख: पर्व

जलका स्रोतमा पूजा गरी मनाइयो सिथि नख: पर्व
अ अ+ अ-

काठमाडौँ । राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा गर्नाका साथै पूजा–आराधना गरी सिथि नख: पर्व मनाएका छन् ।

मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रूपमा पानीका स्रोतमा प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पूजा आराधना गर्नुपर्नेमा उल्लेख गरिएको छ । पुराणअनुसार नै यो पर्व मनाउने परम्परा सुरु भएको धर्मशास्त्रविद् प्रा डा देमणि भट्टराईले बताउनुभयो ।

सो अवसरमा राजधानीलगायत देशभरका पानीका मुहानमा सफाइ गरिएको हो । यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्य रहेका स्थानमा मनाइएका छन् । नेवार समुदायबाट पानीको स्रोतको सफाइ सिकेकाले पनि यो पर्व मनाउने गरेका छन् ।

मनाइयो कुमार षष्ठी

ज्येष्ठ शुक्ल षष्ठीकै दिन मनाइने कुमार षष्ठी पर्व पनि आज देवताहरुका सेनापति कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी मनाइएको छ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रूपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उहाँको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो । षष्ठीबाट अपभ्रंश भएर कुमार कार्तिकेयलाई सिठी पनि भन्ने गरिन्छ ।

शिव पार्वतीले पृथ्वी घुमेर आउनेलाई पहिलो पूजा गर्ने रीत बसाल्ने घोषणा गरेपछि कुमारले आफ्नो बाहन मयूर चढेर ब्रह्माण्डको परिक्रमा गरेपनि गणेशले विश्व ब्रह्माण्ड भनेकै शिव पार्वती भनी पहिलो पूजाको अवसर पाएको कथा पनि विभिन्न पुराणमा उल्लेख छ ।

गणेशपछि कुमारको पूजा गर्ने गरिन्छ । गणेशकुमाराभ्यां नमस् भन्ने वाक्यले दुवैको पूजा गरिने उहाँले बताउनुभयो । यस दिन छ थरिका पूजा सामग्रीले सिठी नखको पूजा गरिन्छ । छ वटा पात भएको कमलको पूmल, मास, मुगी, केराउ, चामलको पिठो, गहुँको पिठो, कुमकुम आदिबाट बनाइएका खाद्यपदार्थ, छथरी ब्यञ्जनका साथ सिठी नखको पूजा हुन्छ ।

यसअघि कुनै कारणवश कूल पूजा गर्न रोकिएकाको आजैका दिन गर्ने चलन छ । यो चलन विशेषगरी नेवार समुदायमा बढी छ । पानीको पूजा आराधना गरी आजैदेखि रोपाइँको सुरुवात् हुने भनाइसमेत छ । यस दिन स्थान विशेषअनुसार असारे गीत, कौला राग आदि गाउने गरिन्छ ।

पद, धन र मानको हानी भएका व्यक्तिले यस दिन व्रत गरी पूजा आराधना गरेमा गुमेको स्थान फिर्ता हुन्छ भन्ने विश्वाससमेत छ । यसपर्वका अवसरमा मध्यकालमा काठमाडौँका दुई टोलका बासिन्दाले युद्ध गरेको नाटक गर्ने परम्परा थियो । लडाइँमा चोटपटक लागि मानिस घाइते हुन थालेपछि जङ्गबहादुर राणाले यो चलन बन्द गराएको भन्ने भनाइ छ ।

ज्येष्ठ शुक्ल सप्तमीका दिन क्षेत्रपाटीस्थित नघल टोलमा रहेको कुमार कार्तिकेय (सिठी देवता) को मन्दिरमा पूजा सामग्रीसहित विभिन्न प्रकारका नैवेद्य लिएर पूजा गर्न जाने चलन छ । ज्येष्ठ शुक्ल सप्तमीका दिन राति कुमार कार्तिकेयलाई खटमा राखी राजधानी सहरका विभिन्न स्थानमा घुमाउने गरिन्छ ।

काभ्रेपलाञ्चोकको सदरमुकामा धुलिखेलमा छ वटा टाउको भएको कार्तिकेयको मूर्ति छ । त्यो मूर्तिले कुमारका छ शक्तिको चारित्रिक प्रभाव दर्शाउने जनाइएको छ । कुमारका छ टाउका भएकाले छ प्रकारका सामग्री एवं नैवेद्यले पूजा गर्ने चलन बसेको भन्ने भनाइसमेत छ ।