१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माईतीघरको आकाशे पुल उद्घाटन



अ+ अ-

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरको आकाशे पुलको उद्घाटन गर्नुभएको छ । बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माईतीघरस्थित आकाशेपुलको उद्घाटन गर्नुभएको हो । उहाँले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८÷९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताउनु भयो । उहाँले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताउनु भयो । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराउनु भयो ।

मेयर शाक्यले भन्नुभयो, ‘आकाशे पुल निर्माण अभियन अन्तर्गत हरेक वर्ष हामीले ८÷९ करोड बजेट विनियोजन गरेका छौँ । त्यसलाई आवश्यक ठाउँ पहिचान गरेर आकाशे पुल निर्माण गर्ने काम भइरहेको छ । धेरै ठाउँमा नीति बनायौँ तर कार्यान्वयनमा अलि समस्या पनि छ । बाटो अवरोध हुने भएकोले आवश्यक ठाउँमा बनाउने भनेर तयार गर्दा पनि बनाउन नसकेको स्थान पनि छन् । र जहाँ जहाँ सम्भव छ, त्यो ठाउँमा बनाउने नीति अनुसार यो ठाउँ पनि छनोट ग¥यौं । सर्वोच्च अदालतमा आउनेहरुको माग धेरै थियो सडक क्रस गर्न धेरै गाह्रो भयो भनेर त्यसैले पनि हामीले यहाँ आकाशे पुलको निर्माण गरेका हाै ।

अहिले पनि धेरै ठाउँमा माग आइरहेका छन्, माग सब सम्बोधन गर्न नसकिरहेको अवस्था पनि छ । नीति पनि छ, कार्यक्रम पनि छ र बजेट पनि छ तर सडकको पेटि साँघुरो भएको हुनाले कहाँ राख्ने भन्ने समस्या छ । यसले स्वास्थ्य मन्त्रालय, सिंहदरबार, सर्वोच्च अदालतमा जानेहरुलाई धेरै राहत दिने हामीले महशुस गरेका छौँ । आवश्यक ठाउँमा वडा अध्यक्षले सिफारिस गरेअनुसार बनाउने नीति, कार्यक्रम र बजेट पनि हामीसँग छ ।’

मेयर शाक्यले माईतीघरमा बनेको आकाशे पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा आवतजावत गर्ने तथा सडक पार गर्नेहरुका लागि सहज बनाउने विश्वास पनि व्यक्त गर्नुभयो ।