१९ मंसिर २०८२, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले खाँदबारी–नुम सडकमा क्षति



अ+ अ-

खाँदबारी । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताउनुभयो । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब रु एक करोडको क्षति भएको उहाँले जानकारी दिनुभयो । रासस