• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

नेपाल र श्रीलंकाबीचको खेलको टिकट काटेका दर्शकले पैसा फिर्ता पाउने



काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ को नेपाल र श्रीलंकाबीचको खेल हेर्न टिकट काटेका दर्शकले पैसा फिर्ता पाउने भएका छन् ।

आइसिसी विश्वकप २०२४ को ‘टिकेटिङ रिफाउन्ड पोलिसी’ अनुसार उनीहरुको पैसा फिर्ता हुने भएको हो ।

कुनै पनि खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएमा टिकटको रकम फिर्ता हुने पोलिसी छ ।

समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीच अमेरिकाको फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी रंगशालामा तय भएको खेल वर्षका कारण एक बल पनि नखेली रद्द भएको थियो ।

आइसिसीको आधिकारीक वेभपोर्टल वा टिकट ट्राभल पार्टनरमार्फत रकम फिर्ता लिन सकिने आइसिसीले जनाएको छ ।

यद्यपि, थर्ड पार्टी ब्रिकेताबाट टिकट खरिद गरेकाले भने रकम फिर्ता पाउने छैनन् ।