• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हरायो, लक्ष्य ५.४ ओभरमै भेट्टायो



काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत समूह चरणको खेलमा अष्ट्रेलियाले सहज जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराएको हो ।

योसँगै लगातार तेस्रो जित निकालेको अस्ट्रेलिया सुपर ८ मा प्रवेश गरेको छ ।

नामिबियाले दिएको लक्ष्य अष्ट्रेलियाले ५.३ ओभरमै भेट्टायो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले ८ बलमा २० रन जोड्दा ट्राभिस हेड १७ बलमा ३४ रनसहित अविजित रहे भने कप्तान मिचेल मार्श ९ बलमा १८ रनमा अविजित रहे ।

नामिबियाका लागि एकमात्र विकेट डेभिड विसेले लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङ थालेको नामिबिया १७ ओभरमा ७२ रनमै अलआउट भयो ।

उसका लागि कप्तान जेरहार्ड इरासमसले सर्वाधिक ३६ रन जोडे । यस्तै, माइकल भान लिंगेनले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो आँकडा छुन सकेनन् ।

नामिबियालाई सस्तैमा समेट्न अष्ट्रेलियाका आडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए भने जोस हेजलहुड र मार्कुस स्टोइनिसले २–२ तथा प्याट कमिन्स र नाथन एलिसले १–१ विकेट लिए ।