२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः नामिबियाले अष्ट्रेलियालाई दियो ७३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत नामिबियाले अष्ट्रेलियालाई ७३ रनको लक्ष्य दिएको छ ।

सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङ थालेको नामिबिया १७ ओभरमा ७२ रनमै अलआउट भयो ।

उसका लागि कप्तान जेरहार्ड इरासमसले सर्वाधिक ३६ रन जोडे । यस्तै, माइकल भान लिंगेनले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो आँकडा छुन सकेनन् ।

नामिबियालाई सस्तैमा समेट्न अष्ट्रेलियाका आडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए भने जोस हेजलहुड र मार्कुस स्टोइनिसले २–२ तथा प्याट कमिन्स र नाथन एलिसले १–१ विकेट लिए ।