• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द



काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । भारी वर्षाको कारण खेल रद्द भएको हो । मैदान तयार हुन नसक्दा टस पनि हुन नसकी खेल रद्द भएको हो ।

योसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । आईसीसीले सेमिफाइनल र फाइनलमा मात्रै रिजर्भ डे राखेको छ ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

नेपालले अब शनिबार सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग र सोमबार सोहाी मैदानमा बंगलादेशसँग खेल्नेछ ।