२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप: नेपालले भोलि बिहान श्रीलंकाविरुद्ध खेल्दै



अ+ अ-

काठमाडौं। अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा नेपालले बुधबार बिहान श्रीलंकाविरुद्ध खेल्दै छ ।

अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउडरहिलमा हुन लागेको खेल नेपाली समयअनुसार भोलि बिहान ५: १५ बजेदेखि सुरु हुनेछ ।

जारी विश्वकपमा समुह डी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो । नेपाल पहिलो खेलमा नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै, श्रीलंकाले भने भोली तेस्रो खेल खेल्दैछ । जारी विश्वकपमा श्रीलंकाले लगातार दुई खेलमा हार बेहोरेको छ। श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिका र दोस्रो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो।

समुह डी मा दक्षिण अफ्रिकाले लगातार तीन खेल जित्दै ६ अंक बनाएर तालिकाको शिर्ष स्थानमा छ । दक्षिण अफ्रिका सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ।

त्यस्तै, बंगलादेशले २ खेलमा एक जित र एक हारसहित २ अंक सहित दोस्रो स्थानमा छ भने नेदरल्याण्ड्स पनि समान अंकका साथ तेस्रो स्थानमा छ । अंकबिहिन नेपाल चौथो र श्रीलंका अन्तिम स्थानमा रहेको छ ।

नेपालको सम्भावित प्लेईङ​ ११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी,करण केसी, अविनाश बोहरा, सागर ढकाल ।

श्रीलंकाको सम्भावित प्लेईङ​ ११:

पथुम निसान्का, कुसल मेन्डिस (विकेटकिपर), कामिन्दु मेन्डिस, धनन्जया डि सिल्भा,चरिथ असालान्का,एन्जेलो म्याथ्युज, दासुन शानाका, वानिन्दु हसरंगा (कप्तान), महेश दिलशान मदुशंका, माथीशा पाथिराना, नुवान तुषारा ।