• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

टी–२० विश्वकप: नेपालले भोलि बिहान श्रीलंकाविरुद्ध खेल्दै



काठमाडौं। अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा नेपालले बुधबार बिहान श्रीलंकाविरुद्ध खेल्दै छ ।

अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउडरहिलमा हुन लागेको खेल नेपाली समयअनुसार भोलि बिहान ५: १५ बजेदेखि सुरु हुनेछ ।

जारी विश्वकपमा समुह डी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो । नेपाल पहिलो खेलमा नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै, श्रीलंकाले भने भोली तेस्रो खेल खेल्दैछ । जारी विश्वकपमा श्रीलंकाले लगातार दुई खेलमा हार बेहोरेको छ। श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिका र दोस्रो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो।

समुह डी मा दक्षिण अफ्रिकाले लगातार तीन खेल जित्दै ६ अंक बनाएर तालिकाको शिर्ष स्थानमा छ । दक्षिण अफ्रिका सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ।

त्यस्तै, बंगलादेशले २ खेलमा एक जित र एक हारसहित २ अंक सहित दोस्रो स्थानमा छ भने नेदरल्याण्ड्स पनि समान अंकका साथ तेस्रो स्थानमा छ । अंकबिहिन नेपाल चौथो र श्रीलंका अन्तिम स्थानमा रहेको छ ।

नेपालको सम्भावित प्लेईङ​ ११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी,करण केसी, अविनाश बोहरा, सागर ढकाल ।

श्रीलंकाको सम्भावित प्लेईङ​ ११:

पथुम निसान्का, कुसल मेन्डिस (विकेटकिपर), कामिन्दु मेन्डिस, धनन्जया डि सिल्भा,चरिथ असालान्का,एन्जेलो म्याथ्युज, दासुन शानाका, वानिन्दु हसरंगा (कप्तान), महेश दिलशान मदुशंका, माथीशा पाथिराना, नुवान तुषारा ।