२० भाद्र २०८३, शनिबार
,
Latest
लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप छनोट: नेपालले यमनसँग खेल्दै



file photo
अ+ अ-

काठमाडौं । फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणको अन्तिम खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । साउदी अरेबियाको प्रिन्स मोहम्मेद बिन फाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ११:४५ बजेदेखि सुरू हुनेछ ।

यसअघि नेपालले यही मैदानमा यूएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।

पाँच खेल खेल्दा अंकविहीन रहँदै नेपाल तालिकाको पुछारमा छ । छनोटको दोस्रो चरणमा हालसम्म १८ गोल बेहोर्दा नेपालले एक गोल पनि गर्न सकेको छैन ।

जितविहीन नेपाल आज यमनलाई हराउदै सुखद् अन्त्यमा गर्न चाहन्छ । समान खेलबाट चार अंक जोडेको यमन तालिकाको चौथो स्थानमा छ ।

यसअघि दशरथ रंगशालामा भएको पहिलो लेगमा नेपाल यमनसँग २–० ले पराजित भएको थियो ।