१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्कटकालीन अभ्यास



अ+ अ-

काठमाडौँ : विमान दुर्घटना भएमा के गर्ने भन्ने विषयमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्कटकालीन पूर्ण अभ्यास गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजे हवाई उडान तथा सुरक्षा मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन पूर्वअभ्यास गरिएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाल सङ्कटकालीन अवस्था वा दुर्घटनाका बेला जनधनको क्षति न्यून गराउने र छिटोभन्दा द्धिटो विमानस्थलको सञ्चालन गराउने सम्बन्धमा सचेतना र सतर्कता अभिवृधिका लागि अभ्यास गराइएको बताउनुभयो । यस कार्यले सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायबीच सहयोग अभिवृद्धि, सहभागी निकायहरुले निर्वाह गने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमता अभिवृद्धि गराउन भूमिका खेल्ने उहाँको भनाई छ ।

यसैगरी अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको मुस्लोका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखिएको थियो । हवाई उडान तथा सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा विमानस्थल सङ्टकालीन योजनाअनुसार गरिने अभ्यासमध्ये विमानस्थलमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको प्रवक्ता झाले बताउनुभयो ।

यो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड तथा यस विमानस्थलको ‘एयरपोर्ट इमर्जेन्सी प्लान’अनुसार गरिने योजनाबद्ध अभ्यास भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने आइकाओको मापदण्ड तथा यस विमानस्थलको संकटकालीन योजनाअनुसार गरिने योजनाबद्ध अभ्यास भएको उहाँले बताउनुभयो ।

विमानस्थल धावनमार्गको पूर्वपट्टि चौरमा डेमो विमानमा दुर्घटनापछि यात्रु तथा चालकको उद्धारसम्बन्धी पूर्णकालीन अभ्यास गरिएको थियो । अभ्यासका क्रममा पाँचवटा अन्तर्राष्ट्रिय उडानका जहाज आकाशमा ‘होल्ड’ भएका थिए । उक्त अभ्यासको अवलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारी, सुरक्षाकर्मीलगायत अधिकारीहरुको उपस्थिति थियो ।रासस

तस्बिर : विमलबहादुर विष्ट/रासस