२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला ललितपुरको पाटनमा हुँदै



अ+ अ-

काठमाडौँ । सरकारले वागमती प्रदेश स्तरको श्रमाधान रोजगार मेला लतिपुरको पाटनमा गर्ने भएको छ ।

सोमवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वागमती प्रदेश स्तरको श्रमाधान मेला लतिपुरको पाटन संयुक्त क्याम्पसको भवनामा गर्ने भएको जानकारी दिएको हो । सरकारले गत जेठ १७ गतेदेखि सातै प्रदेशमा श्रमाधान रोजगार मेला गरेको छ । सोमवार ६ प्रदेशमा मेला सम्पन्न गरी अन्तिम श्रमाधान रोजगार मेला वागमती प्रदेशमा गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै श्रमरोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उप–सचिव डम्बर सुनुवारले सरकारले अभियानको रुपमा आयोजना गरिरहेको श्रमधान रोजगार मेला मंगलवार वागमती प्रदेशमा हुन लागेको बताउनु भयो । उहाँले सरकारले वागमती प्रदेशमा श्रमधान रोजगार मेला गरेर बिट मार्ने अभियान रहेको बताउनु भयो । उपसचिव सुनुवारले ६ प्रदेशहरु गरेको श्रमधान मेलाले रोजगारीको खोजीमा रहेका श्रमिकलाई रोजगारदातासँग जोड्ने अवसर प्रदान भएको बताउनु भयो । उहाँले स्वदेशमा नै बसेर नेपाली बाटोमा पौरख गर्ने वातावरण बनाउने उद्देश्यले सरकारले श्रमाधान रोजगार मेलाको अभियान गरेको बताउनु भयो । उहाँले मंगलवारको मोल ६ प्रदेशका सिकाईहरु र सम्बोधन गर्नुपर्ने विषयहरुलाई समावेश गर्ने प्रयास गरेको बताउनु भयो । उहाँले मेलामा श्रम रोजगारीको खोजीमा रहेका श्रमिकहरुले सन्तोष लिएर फर्कने विश्वास रेहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले आयोजना गरेको मंगलवार देखि श्रमधान रोजगार मेला वागमती प्रदेशमा हुन लागेको छ । सरकारले बागमती प्रदेशमा श्रमधान रोजगार मेला गरेर बिट मार्ने अभियान हो । तर बिट मार्दा मार्दै बिश्राम लिने छैनौं । यो निरन्तर अगाडि बढ्छ । अर्को महत्वपूर्ण कुरा ६ प्रदेशहरुमा जसरी श्रमधान मेला आयोजना गरिँदै गयो । जसले रोजगारीको खोजीमा जो हुनुहुन्थ्यो । उहाँहरुको लागि श्रमधान मेलाको आयोजना गरेका हौं । जसले स्वदेशभित्रै नेपाली बाटोमा पौरख गर्ने वातावरण बनाउने उद्देश्य हो । ६ प्रदेशका सिकाईहरु र सम्बोधन गर्नुपर्ने विषयहरुलाई समावेश गर्ने प्रयास गरेका छौं । त्यसको प्रारम्भ मंगलवार १० बजे पाटन संयुक्त क्याम्पसको परिसरमा मेला आयोजना भइरहेको छ ।’

‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय र ललितपुर महानगरपालिकाको आयोजनामा र विभिन्न ६ सह–आयोजक मार्फत मेला आयोजना हुँदैछ । मेलामा श्रम रोजगारीको खोजीमा रहेका श्रमिकहरुले सन्तोष लिएर फर्कने विश्वास रेहेको छ । मेलामा विभिन्न चरण र कोशिस गरेका छौं । गत १७ गतेदेखि शुरु भएको श्रमाधान रोजगार मेलामा त्यो अभ्यास भयो । मेलामा ८० भन्दा बढी रोजगारदाताहरुको स्टल सहित सहभागिता हुनेछ । घरपरिवारसँग छुटेर परिवारको सुख र परिवारको सपना पूरा गर्छु भन्दै श्रम गन्तव्य मुलुकमा काम गर्न जानु पर्ने अवस्था छ । अब मुलुकमा नै सम्भव छ,केही गर्ने अवसर जुर्‍यो भन्ने सपनालाई सकार बनाउँछौं ।’

उहाँले मेलामा ८० भन्दा बढी रोजगारदाताहरुको स्टल सहित सहभागिता हुने बताउनु भयो । उहाँले मेलाले घरपरिवारसँग छुटेर परिवारको सुख र परिवारको सपना पूरा गर्छु भन्दै श्रम गन्तव्य मुलुकमा काम गर्न जानुपर्ने अवस्थालाई कम गरी अब मुलुकमा नै सम्भव छ,केही गर्ने अवसर जुर्‍यो भन्ने सपनालाई सकार बनाउन मद्दत गर्ने दाबी गर्नुभयो ।