• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी



नारायणगढ । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ । उहाँले भन्नुभयो, “काम विशेषले आउने पाहुना मात्र हुनुहुन्छ, घुम्न आउने हुनुहुन्न ।”

उहाँले पछिल्ला दिनमा यहाँ आएका पर्यटक गत वर्ष भन्दा कम भएको बताउनुभयो । गर्मी बढेको कारण पर्यटकको सङ्ख्यामा कमी आएको उहाँको अनुमान छ । अध्यक्ष भट्टले विगतमा कोरोना र आर्थिक मन्दिले थला परेको होटल व्यवसायलाई भरतपुर भ्रमण वर्षले केही राहत मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्षलाई लक्षित गरेर यहाँ विभिन्न राष्ट्रियस्तरका सभा, सेमिनार तथा कार्यक्रम भएका छन् । जसले गर्दा हामी व्यवसायीमा केही आशा पलाएको छ ।”

जिल्लाभित्रका छ सय ३१ वटा होटल सङ्घमा नवीकरण भएका छन् । रेस्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष धु्रव गिरीले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य सौराहामा हाल पर्यटकको सङ्ख्यामा गिरावट आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो आज सौराहा सुनसान छ पर्यटक एकदमै कम छन् ।” यो समयमा सौराहका होटलमा पाँच प्रतिशत पनि पाहुना नभएको उहाँले जानकारी दिनुभयो । उहाँले गर्मी भए पनि यस क्षेत्रमा उच्चस्तरीय सेवा सहितका होटल हुँदा घुम्न आउने पर्यटकलाई गर्मीको महसुस नहुनेगरी सेवा दिन व्यवसायी तयार रहेको बताउनुभयो ।

चितवनमा हात्ती तथा जिप सफारीको क्षेत्रमा काम गर्दै आउनुभएका पर्यटनकर्मी रमेश दवाडीले वर्षायाममा पर्यटक स्वत: घट्ने बताउनुभयो । नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बर्षा लागेसँगै क्रमश: मोटरबोट बन्द हुने बेला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्सुन सुरु हुन लागेको छ । अब बाढीको डर हुन्छ हामी निर्णय गरेर मोटरबोट बन्द गर्छौ ।” उहाँले चितवनमा बाहिर हल्ला भए जत्तिको गर्मी नभएको बताउनुभयो । रासस